प्रदेश ५मुख्य समाचार

मेयर सजरुद्धीनकै पहलमा निर्माण हुन लागेको सुत्केरी भवनको शिलन्याश

सुरेश परियार,कात्तिक १ गतेरुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानका पहलमा निर्माण हुन लागेको एक प्राथमिक स्वास्थ्य चौकीको शिलन्याश भएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र,लंकापुरको नगरका मेयर सजरुद्धीन मुसलमानले शिलान्यश गरेका हुन् ।

करिब रु.७४ लाख ८० हजार मध्ये जिल्ला समन्वय समितिको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सो स्वास्थ्य भवन निर्माण हुन लागेको हो । सुविधा सम्पन्न बन्ने भवनमा करिब १५ वटा उपचार कक्ष रहने छ । ३ महिना भित्र निर्माण सम्पन्न गर्नेगरि ओजस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

सो शिलन्याश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मुसलमानले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मानव जिवन संग प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र जोडिएकाले पालिकाले आवश्यक रुपमा भौतिक संरचना निर्माणका लागी प्रयास गरिरहेको बताए ।खासगरि लंकापुर स्वास्थ्य चौकीबाट २४ औँ घण्टा सुत्केरी सेवा दिनुपर्ने र पुरानो भवन जिर्ण हुदैँ गएकाले नयाँ स्वास्थ्य भवनका निर्माण गर्न लागिएको कुरा उल्लेख गरे ।

नगरपालिकाका मेयर सजरुदिन मुसलमानका अनुसार नगरपालिकामा ५ वटा एम्बुलेन्स नियमित रुपमा सेवामा भएको जानकारी दिए ।लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ थप एम्बुलेन्स प्राप्त भएको हुदाँ गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरिएका मेयर मुसलमानले बताए । सोक्रममा कोभिडबाट प्रभावित १५ जना पिडितलाई समेत विमा बापतको रकम दिलाउन सफल भएको बताएका छन् ।

लंकापुर स्वास्थ्य केन्द्रबाट सुत्केरी सेवा,रेविज विरुद्धको उपचार र प्राथमिक तहको उपचार हुँदै आएको छ ।कार्यक्रममा न्यायिक समिति सदस्य अहमद हुसेन, युवा समाजेवी राजन उपाध्याय,ईन्जिनियर,स्वास्थ्य केन्द्रका चिकित्सक रहेका थिए ।

 

सम्बन्धित समाचार