मुख्य समाचार

दयालु रोहिणीका अध्यक्ष विद्या यादव,जनदुःखमा मलम लगाउँछन् जहिले

रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव जनताको पिरमर्कामा सधैब अंग्रभागमा रहेर काम गर्दै आएका छन् ।रोहिणी बासीको दुखमा उनीको उपस्थिति भएको पाईन्छ । पालिकामा रहेका जनता दुखमा छन्,अस्पताल उपचारमा छन भने पिडितकै घर वा अस्पतालमा पुगी भेटेर सान्त्वना एवं आवश्यक सहयोग प्रदान गरेका छन् ।त्यति मात्र होइन काजक्रियामा समस्या भए अध्यक्ष यादवले आवश्यक सहयोग गरेका छन् ।

मनकारी एवं दयाको भावना भएका अध्यक्ष यादवले गरेको सहयोग एवं कर्मलाई रोहिणी वासीले बल्ल विधा यादव जस्तो जनसेवक पाएको भन्दै खुशी एव धन्यवाद ज्ञापन गरेका छन् ।जनताबाट निर्वाचित भएर आएपछि जनताको सेवा गर्न आएको भन्दै जनप्रतिनिधी शासक होइन सेवक हुनुपर्नेमा अध्यक्ष विद्या प्रसाद यादवको ठम्याई छ । जनताको दुखमा साथ दिने जनप्रतिनिधी आफु बन्ने प्रयास गरेको मात्र हो नकी सस्तो लोकप्रियताको लागी होइन् ।

सम्बन्धित समाचार