रुपन्देहीको सैनामैना नगरपालिकामा असोज ७ गते स्थानीय विदा दिईएको छ । थारु समुदायको महानपर्व वडका अत्तवारीको अवसरमा सोही दिन विदा दिईएको नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । विगतका वर्षमा वडका अत्तवारीको दिन सैनामैनाले विदा दिएको थिएन तर यस वर्ष सार्वजनिक विदा दिएको नगरपालिकाले जनाएको छ ।
साथै,नगर प्रमुख शर्माले थारु समुदायको महानपर्व वडका अत्तवारीको शुभकामना दिदै दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना गरेका छन् ।सवै जातजातिको विविध धार्मिक एवं पर्वलाई सम्मान गर्नुपर्ने आजको आवश्यकता रहेको मेयर शर्माले सम्पर्क मार्फत जानकारी दिए ।
यता,लुम्बिनी प्रदेशले भने तिन जिल्लामा वडका अत्तवारीको अवसरमा असोज ७ गते विदा दिने निर्णय गरेको छ ।लुम्बिनी प्रदेशले दाङ,बाँके र बर्दियामा मात्र विदा दिने राजपत्रमा समेत उल्लेख गरेको छ । तर,लुम्बिनी प्रदेश सरकारको निर्णयलाई वेवस्था गर्दै रुपन्देही जिल्लाका सैनामैना नगरपालिका,तिलोत्तमा नगरपालिका,ओमसतिया गाउँपालिका,सुद्धोधन गाउँपालिका,गैडहवा गाउँपालिका,मायादेवि गाउँपालिका,सम्मरीमई गाउँपालिका लगायतले स्थानीय विदा दिईएका छन् ।यि पालिकामा भने थारु समुदायको बाहुलियता बढि रहेको छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय संशोधित गृहमन्त्रालयको राजपत्रमा प्रकाशित सुचनामा वर्षभरि स्थानीय तहले एक दिन मात्र विदा दिने निर्णय भएता पनि रुपन्देहीका केही पालिकाले मनोमानी रुपमा विदा दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्