मुख्य समाचार

मेयर शर्माको पहल :सैनामैनामा विपद् प्रतिकार्य परियोजना लागू

सुरेश परियार,भदौ २७ गते । कुनबेला प्रकोप आईपर्छ पत्तै हुदैँन प्रकोपले विपद् निम्ताउँछ जसका कारण मानवीय तथा भौतिक क्षेति अपुरणीय हुने गर्छ ।मानव सिर्जित क्रियाकलापले आपत्कालिन जोखिम संगै जलवायुमा आएको परिर्वतनले गर्दा उपयुक्त समयमा मन्सुन हुन सकेको छैन् ।विपद् निम्ति सके पछि मात्र झसंग भईन्छ कि पुर्वतयारी गरिएन र विपद् भएपछिको अवस्थामा प्रतिकार्यमा जुटिएन भनेर ?

तर,लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला सैनामैना नगरपालिकाले सो सम्बन्धी परियोजना नै लागू गरेको छ ।नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको पहलमा शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजना लागू भएको हो ।एक कार्यक्रमका विच सो परियोजना सञ्चालनका लागी सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मा र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा भएका ७५३ वटा पालिका मध्ये रुपन्देहीको सैनामैना नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका परियोजना सञ्चालनका लागी छनोटमा परेको हो ।सैनामैना नगरपालिकामा उक्त परियोजना ३ वर्षका लागी हुने छ ।३ वर्ष सम्म परियोजनाले ३८१ वटा विपत् न्युनिकरण,व्यवस्थापन,जलवायु परिर्वतन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ ।सो परियोजना सम्पन्न गर्न रु.२ करोड ५२ लाख ११ हजार हुनेछ भने जसमध्ये रु.५१ लाख खर्च सैनामैना नगरपालिकाले व्यहोर्ने जनाईएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले विपद् बाजा बजाएर नआउने उल्लेख गर्दै जुनसुकै बेला आईपर्ने बताए ।विपत भन्दा अगााडी पुर्वतयारी भन्दा विपद् आईपरेपछि मानिसहरु जुर्मुराएको पाईएको भन्दै यसको लागी पुर्वतयारी सहित अघि बढ्नुपर्ने मेयर शर्माले बताए ।

रेडक्रस सोसाईटिको मुलमन्त्रलाई आत्मसाथ गर्न सकियो भने सैनामैनामा घट्ने विपद्को न्युनिकरण र जोखिमबाट बच्न सकिने भन्दै यो परियोजनाले टेवा दिने उल्लेख गरे ।

सैनामैना नगरपारपालिकाका जनप्रतिनिधी,राजनितिक दल,व्यापार संघ तथा उधोग वाणिज्य संघ,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायत विच भएको कार्यक्रममा कार्यक्रम संयोजक निलम ढुंगाना,दिवाकर सुवेदीले शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजना सम्बन्धी प्रस्तुतीकरण दिएका थिए भने कार्यक्रम सञ्चालन नगरपालिकाका वरिष्ठ ईञ्जिनियर सुरज न्यौपानेको रहेको थियो ।

 

सम्बन्धित समाचार