सुरेश परियार,साउन १३ गते,आसन्न जुलाई ३० मा हुन गईरहेको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टा(एनआरएन)को अधिवेशनको रौनक चर्किदै गएको छ ।नेतृत्व आफनो पोल्टामा पार्न यतिबेला लविङ पनि उत्तिकै चुलिदै गएको छ ।संघको आगामी चुनावमा महासचिब पदका लागी लुम्बिनी प्रदेश रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा न.४ निवासी सन्देश के.सीको उम्मेद्धवारी परेको छ ।के.सीको उम्मेद्धवारी दर्ता भएसंगै उनको घोषणा पत्रका कारण सामाजिक संञ्जाल,मिडिया सवैतिर चर्चा हुन थालेको छ ।
सानो उमेरमा वैदेशिक रोजगारका लागी माल्टा भित्रिएका उनी लामो समय माल्टामा रहेका नेपालीको वैदेशिक अवस्था,उनीहरुको श्रम,पाउँने पारिश्रमिक र वास्तविक जिवनलाई केलाएका युवा उनी हुन ।सानै उमेर देखि सामाजिक सेवामा क्रियाशिल उनी विविध सामाजिक संस्थामा आवद्धता भएको पाईन्छ ।
खास गरि वैदेशिक रोजगारको शिलशिलामा माल्टा आएका नेपालीहरुको हरेक समस्या समाधानमा लागी परिरहेका के.सीलेसंस्थागत हितमा काम गर्न उनको एनआरएन माल्टाको महासचिब पदमा उम्मेद्धवारी भएको पाईएको छ । ईमान्दार र स्वच्छ छवि भएका के.सीको चर्चाले आगामी चुनावमा विजय हाँसिल सहज रुपमा हुने अनुमान गरिन्छ ।
सन्देश के.सी भन्छन,म निस्वार्थ संघको हितमा काम गर्छु,स्वदेश तथा अन्य देशहरु संगको सम्बन्धलाई विस्तार गर्दै माल्टामा रहनुभएका नेपालीहरुको सारथी बन्न आफु तत्पर छु,त्यसैले एक कार्यकाल अमुल्य भोट प्रदान गरि सहयोग गर्न सवै मतदाता विच सविनय अनुरोध गर्दछु ।
महासचिब पदका उम्मेद्धवार सन्देश के.सीलाई किन भोट दिने ? के छन् घोषण पत्र ?
१.विगत ७ वर्ष देखि माल्टालाई आफनो कर्मथलो बनाएका सन्देश के.सीे पद्धति र पारदर्शिता समाबेशी एनआरएनए बनाउने संकल्प लिएका छन्,
२.विधार्थीकाल देखि नै संञ्चाकर्मीको रुपमा रहेका के.सी दर्जानौँ संघसस्थामा क्रियाशिल थिए हाल माल्टामा विविध सामाजिक संस्थामा सक्रिय भएका उनी रोजगारीको शिलशिलामा माल्टामा रहदै गर्दा असामयिक निधन वा बिभिन्न किसिमका घटना,दुर्घटना भएमा संस्थागत रुपमा सबै किसिमको आर्थिक एंव भौतिक व्यवस्थापनमा सहयोग गर्नेे,
३.नेपालमा प्राकृतिक प्रकोपले पार्ने विभिन्न अफ्ट्याराहरु लाई मुल्यांकन गरी आवश्यक सहयोग र राहत कार्यमा समन्वय गर्दै सहयोग गरिने,
४.संस्थामा बिभिन्न उपसमिति निर्माण गरी आम माल्टाबासीहरुलाई संस्थाको समिपमा राख्न उचित पहल गरिने ।
५.दोस्रो पुस्ताको रुपमा हुर्किदै गरेका नेपाली समुदायको बाल बालिकाहरुलाई नेपालसंग जोडि राख्न उचित कार्यक्रमको ब्यबस्था गरिने।
६.संस्थाको छुट्टै लेखा समिति निर्माण गरि संस्थालाई बैधानिक तरिकाबाट पारदर्शि बनाईने ।
७.नेपालीहरुमा सहि सुचना नपाउने कारण पर्ने समस्याको मध्यनजर गरि सुचना केन्द्र स्थापना गरिने ।
८.माल्टामा भएका सम्पुर्ण नेपालीहरुले आफ्नोपन महसुस गर्ने गरि नेपाली चार्डबाडहरुलाई बिभिन्न संघसस्थाको सहकार्यमा कार्यक्रमहरु आयोजना गरिने ।
९.पछिल्लो समय हाम्रो केहि नेपाली साथिहरु कुलतमा फसेको सुनिएकोले उनिहरुलाई कुलतबाट निस्किनका लागी सचेतना एंवम उचित परामर्श प्रदान गरिने।
१०.माल्टाको कानुनसंग नबाझिने गरि माल्टा एनसिसि संचालन गरिनेछ । २०२५ मा माल्टा एनसिसि संसारकै अबल एनसिसिको रुपमा स्थापित गर्न सबै नेपाली समुदायसंगको सहकार्यमा काम गर्ने ।
प्रतिक्रिया दिनुहोस्