मुख्य समाचार

रामापुर माविको बदमासी : अनुमति विनै काटेको सालको काठ बरामद

रुपन्देहीको सैनामैनामा रहेको रामापुर माध्यमिक विद्यालयले बदमासी गरेको छ ।केही दिन अघि विद्यालयको परिसर भित्र रहेको सालको रुख काटेर नजिकैको फर्निचरमा चिरान गरेको अवस्थामा आज काठ फेला परेको हो ।स्कुल जस्तो पबित्र परिसर भित्र वन ऐन विपरित रुख काटेर चिरान गरेको अवस्थामा रहेको काठ सबडिभिजन कार्यालय मुर्गियाले नियन्त्रणमा लिएको छ ।

बरामद भएको काठ २० थान रहेको र बजार मुल्य रु.३५हजार पर्न जाने सबडिभिजन कार्यालय मुर्गियाका प्रमुख मुसफिर भगतले जानकारी दिएका छन् । भगतका अनुसार यो अवैध चिरान काठ भएकाले बरामद भएको भन्दै आवश्यक कार्वाही अघि बढ्ने बताएका छन् ।

यता,रामापुर माध्यमिक विद्यालयका प्रचार्य कृष्ण प्रसाद पौडेलले गलेका हाँगाहरुलाई हावाहुरीले ढलाएको र ढलेका हाँगालाई फर्निचरमा लगेको बताएका छन् । आफुलाई बचाउँ गर्दै यो कार्य व्यवस्थापन समितिले गरेकोले आफुलाई तेती जानकारी नभएको कुरा सम्पर्क मार्फत स्विकार गरेका छन् ।

वन ऐनले कुनै पनि ब्यक्ति वा संघसंस्था र निकायले अनुमति विना रुख काट्न पाउँदैन तर रामापुर माविमा त्यो कार्य भएको छ । यसरी अवैध काठ ओसारपोसारको अवस्थामा बरामद परेको काठ दाउरा जफत गरि रु.१ हजार देखि ३ हजार सम्मको विगो भए विगो बमोजिम जरिवाना र रु.३ हजार भन्दा माथिको विगो भए विगोको तेब्बर जरिवाना गरिनेछ । उक्त कार्य गर्न सघाउने मतियारलाई समेत कसुरदार सरहको कार्वाही गरिने कानुनी व्यवस्था छ ।

सम्बन्धित समाचार