मुख्य समाचार

सैनामैनामा विपद् प्रतिकार्य सम्बन्धी तालिम सुरु

रुपन्देहीको सैनामैनामा विपद् प्रतिकार्य सम्बन्धी तालिम आजबाट सुरु भएको छ ।सैनामैना नगरपालिकाको सहयोग तथा सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाको आयोजनामा ३ दिवसीय तालिम सुरु भएको कार्यक्रम संयोजक एन्जिना खनालले जानकारी दिईन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको समाचार अखवरमा आईरहेको बताउँदै सैनामैनामा कुनैपनि बेला सो घटना हुने हुदाँ सावधानी र तयारी अवस्थामा रहनुपर्ने बताए ।यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उर्तानपर्ने मेयर शर्माले औँल्याउदै आगामी दिनमा समेत नगरपालिकाले यि विपद्जन्य कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका उपमेयर विना रानाले जुनसुकै बेला विपद् आईपर्ने हुदाँ सजग र सचेत हुनुपर्ने बताईन् ।तालिममा सहभागिहरुले लगनशिल भएर सिक्न आग्रह गर्दै वर्षात लाग्ने अवस्था सिर्जना हुन लागेको हुदाँ तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिईन् ।

सो तालिममा सशस्त्र प्रहरी नायव उपरिक्षक हिरा बहादुर बोहोराले सहजीकरण गरेका छन् । प्रमुख प्रशिक्षक डिएसपी बोहोराले सम्भावित हुने विपद्,रोकथाम,खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका विषयमा रहेर प्रशिक्षण गराएका छन् ।३ दिन सम्म चल्ने सो तालिममा सैनामैना वडा न.१ देखि ११ सम्मका २२ जना युवा,प्रहरी लगायतको सहभागिता रहेको छ ।

कार्यक्रम सैनामैना नगरपालिका वडा न.२का वडाअध्यक्ष अम्मर कंडेलको अध्यक्षता,नगरपालिकाका वरिष्ठ ईन्जीनियर सुरज न्यौपाने,ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछाने,सशस्त्र प्रहरीका प्रहरी निरिक्षक सुशिरबाबु पन्थ लगायतको आतिथ्यता रहेको थियो । सैनामैनाको बामरी पार्टि प्यालेसमा भएको उद्घाटन कार्यक्रम संञ्चालन सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाका अध्यक्ष तथा कार्यक्रम संयोजक एन्जिना खनालले गरेका थिईन् ।

सम्बन्धित समाचार