मुख्य समाचार

भ्रष्टाचार विरुद्ध वाईसिएल सैनामैनाद्धारा दबाब,वैशाखी टेकेरै प्रदर्शन

भ्रष्टाचारमा पुर्वमन्त्री देखि वहालवाला सचिब तानिए संगै मुलुकमा यतिवेला हलचल आएको छ ।अपत्यारिलो तरिकाले भ्रष्टाचार वृद्धिले आम जनता निराश हुन थालेका छन् ।जनताको करबाट रजाई गर्ने काम वृद्धि भयो भन्दै भ्रष्टाचार विरुद्ध सैनामैनामा प्रर्दशन गरिएको छ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपाल सैनामैना रुपन्देहीले आज भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । प्रर्दशनमा भ्रष्टाचार गर्नेको कुनै रंग,वर्ग अनि पार्टि हुदैन, भ्रष्टाचार विरुद्ध एक हौँ जस्ता नारा लगाईएको थियो ।

वैशाखी टेकेरै भ्रष्टाचार विरुद्धको अभियानमा उभिएका वाईसियल सैनामैनाका ईन्चार्ज गोविन्द खरेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताएका छन् । जनतालाई झुक्काएर देशको सम्पत्ती हड्प्ने अधिकार कोही कसैलाई नभएको ठोकुवा गर्दै ईमान्दार जनताको सेवा गर्नलाई राजनितिमा आउनुपर्ने खरेलले उल्लेख गरे । भुटानी शरणर्थी प्रकरणमा मुछिएकाहरुलाई हदसम्म कार्वाहीको माग गर्दै भ्रष्टाचार विरुद्धको अभियान देशव्यापी रुपमा संञ्चालन गर्दै जाने जानकारी दिए । पछिल्लो समय भ्रष्टाचारका फाईलहरु खोल्न प्रहरी सफल भएको भन्दै खरेलले प्रहरीको साहसिक कामको प्रशंसा समेत गरे ।

कार्यक्रममा नेकपामा माओवादी केन्द्रका युवा नेताद्धय भोला बस्याल र रोमनाथ न्यौपानेले भ्रष्टाचार गर्नेलाई कार्वाही गर्न खुट्टा कमाउन नहुने बताएका छन् । राजनितिको नाममा जनताको करलाई दुरुपयोग गर्न नहुने भन्दै आफनै पार्टीका सांसद तथा नेताहरुले भ्रष्टाचार गरे आफुहरु चुप लागेर नबस्ने अडान लिए ।

सैनामैना वडा न.६ कलौनीमा भएको सो कार्यक्रममा वाईसिएल नेता सुरज भट्टराई,दिपक सुनार,जयलाल खत्री,बम बहादुर राहाडी,युवराज चौधरी,आशिष ज्ञवाली,हस्त सावर,माओवादी नेता दिपक भण्डारी,तेजेन्द्र सुवेदी र स्थानीयहरुको उपस्थिति रहेको थियो भने मिलन खड्काले कार्यक्रम सन्चालन गरेका थिए ।

सम्बन्धित समाचार