निर्मल ह्रदय संस्था नेपालको आयोजना तथा समयादेबी टोलविकास संस्था बुटवलको सह–आयोजनामा एकदिवसीय तनाव ब्यवस्थापन तथा खुशियाली जिवन विषयक प्रशिक्षण सम्पन्न भएको छ ।प्रशिक्षणबाट बुटवल–१ क्षेत्रका करिब ९० जना बढि मानिसले खुशि जिवन ज्युँने कला सिकेर लाभ लिएको आयोजक संस्थाका अध्यक्ष जस्मिन कसौधन भण्डारीले बताउनुभयो ।
तालिमलाई सहजीकरण गर्दै अन्र्तराष्ट्रिय प्रशिक्षक तथा लाईफकोच ऋषि न्यौपानेले अहिले विश्वमा बन्दै गईरहेको डिजिटल लाईफ शैली,फास्ट फुड,अस्वस्थ प्रतिस्पर्धा,योग,ध्यान र साँस्कृतिक जीवन शैलीको अभाव तथा अब्यवस्थित जिवन शैलीको कारण अत्याधिक मानिसमा मानसिक समस्या बढ्दै गैरहेको,धैर्यताको कर्मी,पारिवारिक बेमेल,डिजिटल÷मोबाईल एडिक्सन,इमोसन कन्ट्रोल गर्न नसक्ने आदि समस्या जटिल बन्दै गैरहेकाले राज्यले ठोस कार्यक्रम नल्याएमा आगामी पुस्ता भयानक नैतिक र भावनात्मक समस्यामा पर्ने बताए ।
कार्यक्रममा सरल विधिद्धारा तनाव ब्यवस्थापन,नकारात्मक निराकरण उपायहरु,शारीरिक र मानसिक रुपमा स्वस्थ हुने तरिका आत्मविश्वास वृद्धि गर्ने उपाय,योग ध्यान र आध्यात्मिक अभ्यासका विधि,विपरित परिस्थितिलाई समर्थ स्थितिमा बदल्ने तरिका तथा शुसंस्कारयुक्त जीवनशैली विषयहरुको सहजीकरण गरिरहेको थियो ।
संस्थाका अध्यक्ष जस्मिन कसौधन भण्डारीको अध्यक्षता,महासचिब छवि न्युरेको संञ्चालन तथा अन्र्तराष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेको सहजीकरणमा सम्पन्न तालिममा सहभागिले तालिमद्धारा आफुले खुशियाली जिवनका केही सुष्म आयामहरु सिक्न पाउँदा तालिम लाभदायक भएको बताउँदै तालिममा सिकाईएका सम्पुर्ण विधिहरु जिवनोपयोगी भएको महशुस गर्दैै सबैलाई सिक्न आग्रह समेत गरे ।आयोजक संस्था अध्यक्ष जस्मिनले निर्मल ह्रदय सँस्था नेपालले तनावमुक्त साँस्कृतिक तथा सभ्य र समृद्ध समाज निर्माणका लागी लगातार गतिविधी गर्दै जाने बताउँदै साथ तथा समन्वयका लागी वडा,टोल र नगरलाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्