रुपन्देहीको सैनामैनामा दुई डरलाग्दो घटना घटेकाे छ । होलि पर्वको राती रगताम्य अवस्थामा एक पुरुषको मृत फेला परेकाे छ भने एक नाबालिका बलात्कृत भएकी छ्न ।
सैनामैना वार्ड न.२ कुटि स्थित खेतमा रगताम्य अवस्थामा अन्दाजी ३५ बर्षिय पुरुष मृत फेला परेका हुन् । होलिको राती एक पुरुषलाई हत्या गरि फालिएको स्थानियहरुले बताएका छ्न ।
स्थानियले पुरुष मृत अबस्थामा देखे संगै बिहान ८:३० बजे प्रहरीलाई खबर गरेका थिए ।घटना स्थलबाट फुटेकाे वियरका बोत्तल,केही बस्त्र फेला परेको छ ।
रुपन्देही प्रहरीले घटना अवस्था बारे प्रारम्भिक रुपमा अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता श्यामु अर्यालले घटना कसरी घट्याे किन घटाइयो भन्ने अनुसन्धान पछि खुल्ने जानकारी दिएका छ्न । प्रबक्ता अर्यालका अनुसार घटना संलग्नमा आंशका गरिएका ३ जनालाई नियन्त्रणमा लिएको छ। थप घटना अनुसन्धान अघि बढेकाे प्रहरीले जनाएको छ ।
यस्तै,होलिको राती नै एक बालिका बलात्कृत भएकी छ्न । सैनामैना वडा न.६ बस्ने बर्ष १५का बालिकालाई १७ बर्षिय बालिकले जबरजति करणि गरेको प्रहरिले जनाएको छ। इलाका प्रहरी कार्यालय साल्झणिका अनुसार मादक पदार्थ सेवन गरि जबरजस्ति करणि गरेको मेडिकल रिपोर्टले देखाएको छ ।
घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको प्रहरी निरीक्षक जग्गनाथ मरासिनीले जानकारि दिए ।
प्रतिक्रिया दिनुहोस्