प्रदेश ५मुख्य समाचार

रुपन्देही एसपी वि.कको एक्सन् : महिना दिन नपुग्दै फरार प्रतिवादी देखि लुटेरालाई ल्याए कब्जामा

सुरेश परियार,फाल्गुन ८ गते,

रुपन्देही प्रहरीले आन्तरिक सुरक्षा ब्यवस्थालाई दरिलो बनाउँदै अघि बढेको पाईएको छ । सिमा क्षेत्रबाट हुने अवैध क्रियाकलाप लगायत जघन्य प्रकृतिका घटनाहरु हुन नदिन विशेष सुरक्षा योजनाका साथ रुपन्देही प्रहरी तदारुकताका साथ तैनाथ भएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कार्यालय प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक भरत वि.कले सुरक्षा ब्यवस्थालाई चुस्त दुरुस्त बनाउदै अघि बढेका छन् । गत माघ १९ गते यस कार्यालयमा प्रमुखको रुपमा सरुवा भई आएका एसपी वि.कले आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति हुने तरिकाले सुरक्षा दिन मातहात ईकाईहरुलाई समेत निर्देशन दिईसकेका छन् ।

सरुवा भई आएको महिना दिन नपुग्दै एसपी वि.कले फरार प्रतिवादी देखि लुटेराहरुलाई प्रहरी कब्जामा लिईसकेका छन् । कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद फैसला भई फरार रहेका प्रतिवादी १९ बर्ष पछी पक्राउ गरिएको जानकारी दिए ।

तत्कालिन पुनरावेदन अदालत बुटवल रुपन्देहीले मिति २०६० बैशाख १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद सजाय भई फरार रहेका जिल्ला रुपन्देही साविक वसन्तपुर गा.वि.स. वडा नं. ९ हाल ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४६ को श्रीराम हरिजनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

एसपी वि.कको कमाण्डमा खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई उसको आफ्नै घरमा फेला पारिएको हो ।पक्राउ परेका हरिजनलाई फैसला कार्यान्वयनका लागी रुपन्देही जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराई थप कैद भूक्तानको लागी जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको बताईएको छ ।

यस्तै,मोवाइल पसल लुटपाटमा संलग्न व्यक्तिलाई सिद्धार्थनगर नगरपालिका वडा नं. ३ भैरहवाबाट पक्राउ गरिएको छ । फाल्गुन १ गते जिल्ला काठमाडौ महानगरपालिका वडा नं २६ गोंगबु नयाँबसपार्क स्थित लोत्से महलमा रहेको मोबाईल पसलमा प्रवेश गरी विभिन्न मोबाईल चोरी गर्ने गिरोहलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ सुपर मार्केट प्रा.लि.मा तोडफोड गरी फरार हुने मध्येका जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ६ बर्ष १८ को कमल कार्की हुन ।

कार्कीलाई पक्राउ गरि उनको साथबाट चोरी भएका थान ३ (तिन) मोवाईल बरामद गरिएको छ । पक्राउ परेका कार्कीलाई बरामद गरिएको मोवाईल सहित आवश्यक कारवाहीको लागी प्रहरी वृत्त महाराजगंज काठमाण्डौ पठाइएको प्रहरी उपरिक्षक भरत वि.कले जानकारी दिए ।
मेला महोत्सव तथा अव आउने चार्डपर्वलाई लक्षित गर्दै बाक्लो उपस्थितिमा शिविल गस्ती सहित प्रहरी नै परिचालन गरिएको बताए ।

शान्ति सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाँकी नराखी प्रहरी परिचालित हुने बताउदै एसपी वि.कले कुनै समस्या भए तुरुन्त खवर गर्न समेत अपिल गरेका छन् ।

सम्बन्धित समाचार