चरम लापरबाहीका कारण रुपन्देहीको एक सिमेन्ट उधोगमा आगो लागेको छ । आगोलागीमा परि एक नेपाली सहित ६ जना मजदुर गम्भीर घाइते भएका छ्न । सियारी गाउँपालिका वडा न.२ स्थित सो उधोग भित्र रहेको कोइला खानी नै बलास्टार हुँदा एक नेपाली र ५ जना भारतीय नागरिक घाइते भएका हुन ।
घाइते हुनेमा मायादेवी गाउँपालिका वडा न.३ केनौली बस्ने बर्ष ४० का अंगत कुमार हरिजन ,भारतीय नागरिक बर्ष ३५ का शशिकान्त कुशरा,बर्ष ४० का श्रीराम सिंह, बर्ष २३का शिवलाल हरिजन,बर्ष ४० का जितेन्द्र उत्तम,बर्ष ४१ का राज किशोर यादव रहेको ईलाका प्रहरी कार्यालय बेथरीका प्रहरी वरिष्ठ नायव निरीक्षक मीन बहादुर देउवाले जानकारी दिए । घाइते एक जनालाई भैरहवा मेडिकल कलेज र बाकी घाइते सिटि हस्पिटलमा उपचार भैईरहेका छ्न । अबस्था चिन्ताजनक रहेको भैरहेको करिब २:३० बजे सो घटना घटेकाे हो । स्थितीलाई नियन्त्रण गर्न दुई दमकल परिचालन छ्न । आगो अझै नियन्त्रणमा आएको छैन ।थप अनुसन्धान अघि बढेकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्