सुरेश परियार,माघ १३ गते,
रुपन्देहीको सैनामैना नगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागी नाँपजाँचका गतिविधीलाई अझै तिव्रता दिएको छ । आजदेखि सैनामैना वडा न.८मा पनि नाँपजाँच प्रक्रिया प्रारम्भ गरिएको छ ।राष्ट्रिय भूमि आयोग रुपन्देही,नापी कार्यालयका कर्मचारी,सैनामैनाका जनप्रतिनिधिहरु,क्रियाशिल राजनीतिक दल र स्थानीयको उपस्थितिमा सैनामैना वडा न.८मा नापजाँच प्रक्रिया सुरु भएको जानकारी गराईएको हो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले भूमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधान गर्न नगर लागी परेको बताएका छन् ।नगरप्रमुख शर्माले सैनामैनाका सुकुम्बासी जनतालाई मालिक बनाएर छाड्ने दृढता व्यक्त गरे । उनले जनताले दिएको अभिमतलाई दुरुपयोग नगर्ने अडान राख्दै लामो समयदेखि प्रमुख समस्याकै रुपमा रहेको सुकुम्बासी समाधान गर्न प्रक्रियालाई सुचारु गरिसकेको कुरा दर्साए ।
राष्ट्रिय भूमि आयोगबाट खटिने प्राविधिक टोलीसंग सैनामैनाका प्राविधिक टोली, जनप्रतिनिधिको रोहवरमा जग्गा नापजाँच कार्य केही वडामा अघि बढिसकेको र बाँकी वडामा पनि बढ्ने बताउदै नगरप्रमुख शर्माले यो कार्यमा जनताले पनि सहयोग गर्नुपर्ने आशा लिएका छन् ।
सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना मगरले नगरको आधार ः उत्पादन,पर्यटन र पुर्वाधार भन्ने नारा सहित अघि बढेको बताईएकी छन् ।उपप्रमुख रानाले वर्षौदेखि समस्याको रुपमा रहेको एैलानी जग्गाको जग्गा धनी प्रमाण पत्र दिन नगर अग्रसर रहेको बताईकी हुन् ।जनताको आधारभुत आवश्यकता पुरा गर्न र पुर्वाधार विकासलाई मुर्तरुप दिन जनप्रतिनिधि सधैव लाग्ने दृढता उपमेयर रानाले ब्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले आयोग सुकुम्बासी समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताएका छन् ।समयमै सम्झौता नगर्दा सैनामैनामा सुकुम्बासी समस्या समाधानका प्रक्रिया विलम्ब हुन गएको बताउँदै अध्यक्ष आचार्यले बास्तविक भूमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासी समाधानका लागी कार्य दु्रत गतिमा अघि बढेको बताए ।
उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीले भन्दा पहिला भूमिहिन दलितले छिटो लालपुर्जा पाउँछ, त्यसपछि क्रमश सुकुम्बासी र अव्यवस्थित समस्या समाधान हुन्छ ।’नाँपजाँचका लागी बाँकी रहेका सैनामैनाका केही वडामा समेत तत्काल सुरु गरिने बताउदै छिटो नै लालपुर्जा वितरण गरिने आश्वास दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले तिनै तहका सरकार नागरिक प्रति समर्पित हुनुपर्ने बताएका छन् । सेवामुखी राज्यको निति नभए देशमा विद्रोह हुने अडान समेत खनालले लिए । जमिनको अधिकारका लागी नागरिकले रोहीकराई पाउने अधिकार होइन,यो अधिकार जन्मसिद्ध अधिकार,प्रकृति र नैसर्गिक अधिकार भएको बताएका छन् ।सरकार परिर्वतन भए तर सुकुम्बासी समस्या समाधान अहिले सम्म नभएको गुनासो पोख्दै अध्यक्ष खनालले सुकुम्बासीले लालपुर्जा पाएपछि मात्र विश्वास लाग्ने अवस्था सिर्जना भएको बताए ।
राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य यमलाल तिवारी, नापि कार्यालयका सर्वेक्षक यम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।सैनामैना वडा न.८मा रहेको भु.पु सैनिकको सभाहलमा भएको कार्यक्रममा वडा न.८का वडा सदस्य ईश्वरी भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्