सुरेश परियार,माघ ९ गते,
रुपन्देहीको सैनामैना नगरपालिकामा सुरु भएको मेलमिलाप कर्ताहरुलाई आधारभुत तालिमको आज एक कार्यक्रमका साथ समापन भएको छ ।गत माघ ३ गते देखि सुरु भएको आधारभुत तालिममा सैनामैना वडा १ देखि ११ सम्मका १०७ जना मेलमिलापकर्ताहरुको सभागिता रहेको थियो ।
स्थानिय सरकार संचालन ऎन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडा स्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय,कार्य सम्पादन र सहजीकरण सम्बन्धि विषयमा प्रशिक्षण दिएको नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिती संयोजक बिना राना मगरले जानकारी दिईन ।
सोही समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले आफ्ना कमि कमजोरीलाई स्विकार गरि न्याय प्रणालिलाई साथ दिन आग्रह गरेका छ्न । सामाजिक न्यायको पक्षमा नगरलाई उभाउन तालिमको आयोजना गरिएको बताउदै मेयर शर्माले क्षमतावान सहजकर्ता बनेको बिश्वास समेत ब्यक्त गरे ।
स्थानिय सरकारले तोकिएको कानुन सम्मत न्यायीक समितिले कार्य गर्दै जाने अडान समेत मेयर शर्माले लिए । न्याय ढिलाे दिनु भनेको न्याय नदिनु हो त्यसैले आमनागरिकका मुद्दालाई निरुपण र मेलमिलापबाट न्याय दिने अपिल समेत दिएका छ्न।
कार्यक्रममा सैनामैना उपप्रमुख बिना राना मगरले न्यायीक समितीलाई निस्पक्ष र पारदर्सी बनाउन मेलमिलाप कर्तालाई आधारभुत तालिम दिएको बताईकि छ्न ।सामाजिक न्याय प्रणालिलाई संस्थागत गर्न तालिमले निकै भुमिका खेल्ने बताउदै न्यायको पक्षमा वकालत गर्न उपप्रमुख रानाले आग्रह गरिन ।
कार्यक्रममा सैनामैना नगरपालिकाका पुर्व मेयर चित्र बहादुर कार्किले पक्ष र विपक्ष भएर न्याय दिनु पर्ने बताएका छ्न । न्यायिक समितीले कसैलाई काखा र कसैलाई पाखा गर्याए बास्तबिक पीडितले न्याय नपाउने उल्लेख गरे । न्यायलय दिने सन्दर्भमा राजनीतिकरण गर्न नहुने तर्क गर्दै कार्किले निर्धक्कता साथ लिएको तालिमबाट क्षमतावान सहजकर्ता बनेकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले पिडितको पक्षमा न्याय दिने कुरामा कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छ्न । तालिमबाट सिकेका कुरालाई व्यबहारमा उर्तान आग्रह गरे ।
सैनामैना नगर उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल,नेकपा एमालेका नगर अध्यक्ष नारायण न्यौपाने, नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महत,प्रमुख प्रशिक्षक सिताराम अधिकारी लगायतको आतिथ्यता थियो ।
सैनामैना वाटर रिसोर्टमा भएको कार्यक्रम सैनामैना वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारीको सन्चालन तथा वडा न.८का वडा सदस्य नारायण न्यौपानेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्