सैनामैना होटेल तथा रेस्टुरेन्ट ब्यबसायी संघ सैनामैनाको नगर अध्यक्षमा झबिन्द्र पोखरेल चयन भएका छ्न। संघका चौथो साधारण सभा तथा तेस्रो अधिबेशनले संघले झबिन्द्र पोखरेल अध्यक्षतामा १५ सदस्यीय सर्बसम्मत चयन भएको हो ।
नव समितिको वरिष्ठ उपाध्यक्षमा माया केसी,महिला उपाध्यक्षमा रुपा गाहा,पर्यटन उपाध्यक्षमा कृष्ण पान्डे,महासचिव गोबिन्द खरेल,सचिबद्वय भिमलाल जैसी,नवराज पन्थी,कोषाध्यक्षमा नारायण आचार्य,सह सचिबमा टामलाल न्यौपाने,सह कोषाध्यक्षमा र बाकी सदस्यमा रहेका छ्न ।
सैनामैनाको ग्लोबल पार्टी प्यालेसमा भएको भएको कार्यक्रममा संघका अध्यक्ष खेमराज पौडेलको अध्यक्षता,सैनामैना नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बरिस्ठ उपाध्यक्ष नारायण सेनको स्वागत तथा महासचिव कृष्ण पान्डेकाे सन्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्