लुम्बिनी प्रदेशका सांसद भुमिश्वर ढकालले शिक्षा क्षेत्रको श्रीबृद्धिले मात्र समृद्धिको परिकल्पना गर्न सकिने बताएका छन ।सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्दै सांसद ढकालले भौतिक विकास संगै मानवीय विकासलाई समेत प्राथमिकता दिनुपर्ने कुरा औँल्याए ।
पश्चिम क्षेत्रकै उत्कृष्ट शैक्षिक प्रतिष्ठानको रुपमा रहेको यस क्याम्पसले छोटो समयमै क्यु.ए.ए प्राप्त गर्न सफल भएको भन्दै सवैको अथक प्रयासमा निर्णायक काम भएको सांसद ढकालले उल्लेख गरे ।उनले यस क्याम्पसबाट मेधावी विधार्थी उत्पादन भएको भन्दै वार्षिक प्रगतिको खुलेर प्रंशसा गरे ।भौतिक पुर्वाधार संगै शैक्षिक पठनपाठनका लागी आवश्यक बजेट ब्यवस्थापनमा गर्न प्रतिबद्ध रहेको सांसद ढकालले उल्लेख गरे ।
भौतिक पुर्वाधारमा मात्र गरिएका विकासले आंपागता निम्ताउने सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले बताएका छन् । भौतिक संगै मानवीय विकास भएमात्र समृद्धिको लक्ष्यमा पुगिने मेयर शर्माले उल्लेख गरे । यस शैक्षिक संस्थाको विकासका लागी नगर सधै तत्पर रहेको जिकिर उनले गरे ।
कार्यक्रममा सैनामैना नगरपालिकाका उपमेयर विना राना,नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा.बुद्ध बहादुर थापा,पर्रोहा क्याम्पसका अध्यक्ष खुशीराम चौधरी,सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का लगायतले बोलेका थिए ।क्याम्पसका अध्यक्ष बालकृष्ण गैरेको अध्यक्षमा सम्पन्न कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
क्याम्पसकाको प्रांगणमा भएको कार्यक्रममा सैनामैना वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेलको स्वागत,नजरकुमारी श्रेष्ठका धन्यवाद ज्ञापन तथा उप क्याम्पस प्रमुख जगलाल गिरिको संञ्चालनमा कार्यक्रम भएको हो भने विधार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्