मुख्य समाचार

सैनामैनामा नगर सभा सुरु,मेयर शर्माले भन्छन् समृद्ध नगर बनाउन प्रतिबद्व छौं

सैनामैना नगरपालिकाले बाह्रौँ नगरसभा आजदेखि सुरु गरेको छ । सभाले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म आर्थिक विकास तर्फ १८.७७ प्रतिशत,सामाजिक विकास तर्फ ३४.९२,पुर्वाधार तर्फ ६.२ प्रतिशत,कार्यालय सञ्चालन तथा प्रशासन तर्फ ३५.३६ प्रतिशत खर्च भएको सार्बजनिक गरिएको हो ।

शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,धार्मिक बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले बताए ।भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने मेयर शर्माले उल्लेख गरे ।

सबैको अथक प्रयासले मात्र नगरलाई समुन्नत नगर बनाउन सकिने उपमेयर बिना रानाले बताईकी छिन् । जनताको पक्षधर भएर काम गर्दै जाने दृढता ब्यक्त गर्दै जनमुखी योजनालाई कार्यान्वयन गर्न तत्पर भएको उल्लेख उपमेयर रानाले गरिन् ।

नगरसभा सदस्यहरुको उपस्थितिमा नगरपालिकाको सभाहलमा कार्यक्रम भएको हो भने अर्को सभा आगामी माघ ५ गते दिउँसो १ बजेका लागी डाँकिएको छ ।कार्यक्रममा केही जनप्रतिनिधिले प्रश्न,गुनासो र सुझाव दिएका थिए ।सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको संञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार