रुपन्देहीको गैडहवा गाउँपालिकामा हिउँदे अधिबेशन सुरु भएको छ । अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएकाे कुल बजेट मध्ये हाल सम्म पुजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।
शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रकाे बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताएका छ्न ।
पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले गाउपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गरे ।
पर्यटनको हबको रुपमा पालिकालाई बिकास गर्ने गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले बताईन ।
कार्यक्रममा गैडहवा गाउँपालिका वडा न.१ देखि ९ सम्मका केही जनप्रतिनिधिले प्रश्न,गुनासो र सुझाव दिएका थिए ।
सभामा पालिकाका शिक्षा शाखा प्रमुख माधबराज पौडेलको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत कृष्ण पन्थीको सन्चालन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्