सुरेश परियार,पुष २६ गते,
चिसो बढे संगै विपन्न परिवारका लागी दैनिकी कष्ठकर बन्दै गएको छ । न्यानो कपडा नहुदाँ बडि मर्का आर्थिक अवस्था कमजोर भएका परिवारलाई पर्दछ । तर,लान्यस क्लब अफ सैनामैना बोलबमले मानवीय कार्य गरेको छ ।एक कार्यक्रमको आयोजना गर्दै क्लबले सैनामैना वडा न.७ स्मृतिटोलका विपन्न परिवारलाई न्यानो कपडा सहयोग गरेको छ । क्लबले ३५ घरधुरीका ९५ जनालाई जनही एक बल्यांकेट र सुईटर प्रदान गरेको क्लबका अध्यक्ष सुशीला पन्थ शर्माले जानकारी दिईन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जाडोको बेला न्यानो कपडा लगाएर सुरक्षित बस्न नगरबासीलाई आग्रह गरेका छन् । मानविय कार्य गरेको भन्दै मेयर शर्माले क्लबको खुलेर प्रशंसा गरे ।अत्याधिक चिसो बढेका कारण बढि विपन्न परिवार समस्यामा पर्ने हुदाँ सरकार जिम्मेवार भएको हुदाँ आफनो क्षेत्रबाट सहयोग गर्न सामाजिक संस्थालाई अपिल समेत मेयर शर्माले गरे ।
क्लबका ईन्टरनेशनल थ्रि.टु.फाईप एरिया चिफ माधव खनाल,एरिया कोषाध्यक्ष एकादेव बस्यालले बोल्दै सामाजिक क्षेत्रमा क्लबले प्रशंसनीय कार्य गर्दै अघि बढेको बताए।
कार्यक्रम क्लबका अध्यक्ष शुशिला पन्थ शमाले हरेक परिवेशले समाज पछि परेको बताउँदै सुसभ्य समाज निर्माण सवैको एकताबाट मात्र सम्भव भएको बताईन् ।आर्थिक रुपमा कमजोर परिवारलाई राहत स्वरुप सहयोग गरेको भन्दै विगत देखि नै मानविय सेवा गर्दै आएको अध्यक्ष शर्माले उल्लेख गरिन् ।
कार्यक्रममा सैनामैना वडा न.७का वडा सदस्य झुमा काउचा,डाईरेक्टर चित्र बहादुर केसी,चार्टर प्रेसिडेन्ट हरि पोख्रेल,रिजन चेयर पर्सन गुणखर भण्डारी,हरियाली टोल विकास अध्यक्ष भुवन सिंह पुन लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिईन् ।का कार्यक्रमको सञ्चालन भने क्लबका सचिब राधा सिंजालीले गरेकी हुन् ।
।
प्रतिक्रिया दिनुहोस्