मुख्य समाचार

देविस्थान खानेपानीको अध्यक्षमा ऋषिराम पाण्डे

देविस्थान ‐दुधराक्ष)खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा ऋषिराम पाण्डे सर्वसम्मत चयन भएका छन् ।खानेपानीको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले अध्यक्षमा पाण्डेलाई चयन गरेको हो ।संस्थाको अध्यक्षमा ३ जनाको उम्मेद्धवारी भएपनि निर्वाचन कार्यतालिका अनुसार उम्मेद्धवारी फिर्ता लिने समयमा दुई जनाले उम्मेद्धवारी फिर्ता गरे संगै ऋषिराम पाण्डेले अध्यक्ष पद आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

नवसमितिको उपाध्यक्षमा देवि भण्डारी,सचिबमा मोदनाथ बस्याल,कोषाध्यक्षमा सरोज पन्थ र सदस्यहरुमा दिपकराज दगासे,लक्ष्मी न्यौपाने,पारेश्वर ढकाल,निर्मला गौतम,सरिता चौधरी,सन्तोष परियार,घनश्याम भुषाल रहेका छन् ।यस्तै,लेखा समितिको संयोजकमा मुक्तिनाथ ज्ञवाली र सदस्यहरुमा तेजेन्द्र थापा,दिवाकर ढकाल रहेका छन् ।

संस्थाका नवअध्यक्ष ऋषिराम पाण्डेले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । पानीमा शुद्धता संगै पर्याप्त पानी दिलाउन अहोरात्र खटिने बताउदै अध्यक्ष पाण्डेले निवर्तमान समितिले राखेका भावी योजनालाई कार्यान्वयन गर्ने कुरा औँल्याए ।

 

सम्बन्धित समाचार