मुख्य समाचार

प्रतिनिधि छनौट गर्दै मुर्गिया खानेपानी टोल–टोलमा

रुपन्देहीको सैनामैनामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले टोलटोलमा पुगेर प्रतिनिधि छनोट गर्दै अघि बढेको छ ।आगामी दिनमा हुने संस्थाको साधारण सभा तथा उपभोक्ता र संस्था बिच समन्वयकारि भुमिका निर्वाह गर्नका लागी साधारण सभा प्रतिनिधि छनोट गरिएको संस्थाका सह–सचिब गोविन्द खरेलले जानकारी दिए ।

संस्थाले मंसिर १७ गते देखि टोलटोलमा पुगेर साधारण सभा प्रतिनिधि छनोट प्रक्रिया सुरु गरेको हो ।सैनामैना वडा न.२,३,४ गरि २८ वटा टोलमा छनोट कार्यक्रम गरिने छ ।जसमध्ये पहिलो चरणमा वडा न.४को झारबैरा टोलविकासबाट सुरु भएको सो कार्यक्रम मंसिर १७ देखि २४ गते सम्म चलेको थियो ।भने,दोस्रो चरणमा पुस १ देखि ६ गते सम्म छनोट प्रक्रिया हुने कार्यक्रम सह–संयोजक हरि प्रसाद गौतमले उल्लेख गरे।

कार्यक्रममा बोल्दै सैनामैना वडा न.४का वडासदस्य तेजनारायण सुवेदीले संस्था र वडाको सहकार्यमा मात्र संस्थाको प्रगति हुने बताएका छन् ।स्वास्थ्य,खानेपानी जस्ता आधारभुत तत्व नागरिकको मौलिक हक अन्र्तगत पर्ने हुदाँ स्वच्छ पानी पर्याप्त उपभोक्तामा पुर्योउनुपर्नेमा सदस्य सुवेदीले जोड दिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँले प्रत्येक टोलबाट साधारण सभामा सहभागिता जनाउन १० जना उपभोक्ता मध्ये एक जना प्रतिनिधि छनोट गरिने बताएका छन् ।संस्थाका ३९०५ जना उपभोक्ताबाट करिब ४ सय जना प्रतिनिधि छनोट गरिने अध्यक्ष बानियाँले बताए ।अध्यक्ष बानियाँले छनोट गरिएका प्रतिनिधिले अर्को नयाँ कार्यसमिति नआउन्ञ्जेल सम्म काम गर्ने र उपभोक्ताका समस्याहरु संस्था सम्म पुर्योउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।

शुक्रबार भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देविदत्त सुवेदीको स्वागत तथा सचिब भिम खड्को संञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार