सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले लैङ्गिक हिंसा अन्त्यले मात्र सु–सभ्य समाज निर्माण हुने बताएका छन् । नगरले आयोजना गरेको १६ दिने लैङ्गिक हिंसा विरुद्धको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शर्माले जब सम्म हिंसा अन्त्य हुँदैन तब समानता र समाबेशिता सहितको समाज परिकल्पना गर्न नसक्ने अँटोट लिए ।शारीरिक रुपमा अशंक्त भएका सुस्तःमनस्थिति तथा अपांग ब्यक्तिहरु बढि हिंसामा परेको गुनासो पोख्दै मेयर शर्माले यि ब्यक्तिहरुको खोजकार्य र परेको समस्या समाधान गर्न सरकार बढि जिम्मेवार बन्नुपर्ने बताए ।
समाजमा हुने विविध प्रकारको हिंसा मध्ये महिला हिंसा र बालबालिका हिंसा बढि पाईएकाले यसको रोकथाम र कानुनी ब्यवस्थालाई फराकिलो बनाउन जरुरी रहेको कुरामा मेयर शर्माले जोड दिए।आगामी दिन देखि नगरपालिकाले हिंसा विरुद्धको अभियान अन्र्तगत बोल्ने नसक्ने,अपांगता भएका ब्यक्तिहरुको बिच पनि यसप्रकारको अभियान थालि भएका समस्या समाधान गर्न पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
समाजमा हुने विद्यमान लैङ्गिक हिंसा अन्त्यका लागी १६ दिने अभियानले महत्पुर्ण भुमिका खेलेको सैनामैना नगरउपप्रमुख विना रानाले बताईएकी छन् । उपमेयर रानाले यो अभियानमा सैनामैना वडा न.१ देखि ११ सम्मका वडाबासी सचेतित बनेको दाबी गर्दै अभियान समग्रमा सार्थक बनेको कुरा औँल्याइन् ।
समाजमा महिला हिंसा तिव्र रुपमा बढिरहेको बताउँदै हिंसामुक्त समाजले मात्र मुलुक समृद्धि र विकासित हुने तर्क गरिन् । पुरातन सोचले गर्दा अझै पनि समाजमा महिला चुलोचौकोमा सिमित भएको भन्दै पुरुषत्व प्रधानलाई अन्त्य गरि समानतामुलक समाज निर्माणमा नगर लागेको उपप्रमुख रानाको भनाई छ ।हरेक क्षेत्रमा हुने विभेदको सिकार महिला तथा बालबालिका प्रचुर मात्रामा परेको भन्दै शोषण र हिंसा गर्नेलाई कानुनी उपचारमा ल्याउन सवै तह लाग्नुपर्ने उनले बताईन् ।विगत देखि नै लैगिंक हिंसा अन्त्यका लागी विभिन्न अभियान थालिएको र आगामी दिनमा समेत निरन्तरता दिने प्रढ गरिन् ।
लैङ्गिक हिंसा अन्त्यका लागी गरिएको १६ दिने अभियानको उदेश्य पुरा भएको सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताएका छन् । १६ दिने अभियानमा सिकेका कुरालाई पुर्ण रुपमा जिवनमा लागु गर्न अपिल गरे ।पुर्वाधार विकास मात्र नभएर मानवीय विकास हुन जरुरी रहेको बताउदै अधिकृत थापाले कुनै पनि विभेदको प्रतिकार विरुद्ध सबै लाग्न आग्रह गरे ।यसप्रकारका अभियानलाई नगरपालिकामा संञ्चालन गर्न आवश्यक बजेट ब्यवस्थापन गरिने समेत उल्लेख थापाले गरे ।
कार्यक्रममा सैनामैना वडा न.२का वडाअध्यक्ष अम्मर कंडेल,वडा न.३का वडाअध्यक्ष तम बहादुर पुर्जा,वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,वडा न.५का वडाअध्यक्ष धनी प्रसाद पौडेल,वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,वडा न.११का रामु भुषालले अभियान सार्थक भएको बताउदै समिक्षा टिपोण प्रस्तुत गरेका थिए भने कार्यक्रममा इलाका प्रहरी कार्यालय सालझन्डिका प्रहरी निरीक्षक जग्गनाथ मरासिनी,लाली गुराँस रुपन्देहीका प्रमुख सहजकर्ता चन्द्रमा पौडेल,कार्यापालिका सदस्य मनकुमारी राई लगायतले बोल्दै अभियान उपलब्धिमुलक भएको बताएका छन् ।
कार्यक्रममा कार्यापालिका सदस्य दुर्गामाया श्रेष्ठको स्वागत तथा महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्