रुपन्देहीको सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले अपाङ्गताहरुको क्षेत्रमा नगरले काम गर्दै आएको बताउनुभएको छ ।३१औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुक्रबार सैनामैना महिला तथा बालबालिका शाखाको आयोजनामा आयोजित सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रानाले अपाङ्गताहरुको अभिभाकत्व ग्रहण गर्न नगर तयार रहेको कुरा दर्शाउनुभएको हो ।
शारीरिक रुपमा असक्त भएका अंपाग ब्यक्तिहरुको हकअधिकार सुनिश्चित गरि समतामुलक समाज निर्माणमा समेत टेवा दिने बताउँदै उपप्रमुख रानाले समाजमा अंपागहरुलाई सपांग सरह ब्यवहार गर्नुपर्ने दायित्व सवैमा हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पालिका भित्र रहेका अपांगहरुको तथ्यांक संकलन गरि नगरस्तरीय अपांगता समिति गठन भईसकेको र उक्त समितिले अपांगहरुको परिचय पत्र बनाउने लगायत नगर भित्र रहेका चारवटा अपांग समुहलाई आबद्धता गराई विभिन्न क्षमता विकास सम्बन्धी कार्यक्रम गर्दै आएको बताउँनुभयो । अपांगत सेवा केन्द्रलाई प्रदान गर्ने सेवासुविधालाई चुस्त दुरुस्त बनाउन नगर प्रतिबद्ध रहेको उपप्रमुख रानाको भनाई छ ।
३१औँ अन्र्तराष्ट्रिय अपांगता दिवसको अवसरमा वडा न.८ रामापुरमा बौद्धिक अपाङ्गता सेवा केन्द्रका ४० बढि अंपाग विधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।यस्तै,दुई अपांग विधार्थीहरुलाई २ वटा हिडँढुल गर्ने सहायता वकर समेत हस्तान्तरण गरिएको हो । सामाग्री पाएसंगै अपांगता भएका ब्यक्तिहरु खुशी भएका थिए । हाल सैनामैनामा करिब ९०९ जना अपाङ्गता भएका ब्यक्तिहरु भएको तथ्यांकले देखाउँन्छ ।
सोही अवसर पारेर अपाङ्ग समन्वय समिति सदस्यमा रहेर अपांगताको क्षेत्रमा योग्दान पुर्योएको भन्दै पुर्व जनप्रनिधि सुनिता के.सी,पारेश्वर ढकाल,लक्ष्मी पन्थलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।सैनामैना वडा न.८का वडाअध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा न.१०का वडाअध्यक्ष कृष्ण घिमिरे,युवा समाजसेवी महेश अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रम संञ्चालन भने सैनामैना महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।ईन्द्रणी ग्रामिण विकास समिति केन्द्र रुपन्देही र एच.आर.डि.सीको समन्वयमा सो कार्यक्रम भएको हो ।
प्रतिक्रिया दिनुहोस्