रुपन्देही युवा परिषद रुपन्देही जिल्ला संयाेजक अर्जुन क्षेत्री (हापु)लेआफनो जन्मदिन सामाजिक क्षेत्रमा सहयोग गरी मनाएका छन् । रुपन्देहीको तिलोत्तमाका स्थायी बासिन्दा क्षेत्री ले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा आज शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।
हापुले तिलोत्तमा वडा न.१४मा रहेको टिकुलिगढ माबि र सरस्वती आधरभुत बिधलायमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन ।
खेलकुद बिकास समिति को जिल्ला सदस्य तरुण दल तिलोत्तमा नगर सदस्य रहेका हापुले जन्मदिनमा फर्जुल खर्च गर्नु भन्दा सो खर्च शिक्षामा गरेको सहयोगले शैक्षिक उन्नयनमा टेवा दिन पुग्ने बताए । अहिलेका विद्यार्थीहरु भोलिका कर्णाधार भएकाले शिक्षाबाट जो कोही पनि वञ्चित हुन नहुनेमा हापुले जोड दिए ।
उनले खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सामग्री समेत प्रदान गरेको बताए । सामाजिक काममा सक्रिय भएर जनताका माझ लोकप्रिय बनेका हापु हाल गृहमन्त्री बालकृष्ण खाँणका बिश्वासिलो पात्र समेत हुन ।
प्रतिक्रिया दिनुहोस्