सुरेश परियार,
नेपाली कांग्रेसका युवा नेता अर्जुन कुर्मी सांसदद्धय भरत कुमार शाह र फखरुद्धिन खानको प्रमुख सारथी बनेका छन् ।आगामी चुनावमा सत्ता गठबन्धनका तर्फ देखि रुपन्देही क्षेत्र न.५ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार भरत कुमार शाह र ‐ख) लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेद्धवार फखरुद्धिन खानका प्रमुख सारथी कुर्मी बनेका हुन् । दुवै उम्मेद्धवारका विश्वासिलो पात्र मानिएका कुर्मी युवा परिचालन देखि चुनावी ऐजण्डा बनाउने सवालमा समेत निर्णायक भुमिका देखिएको हो ।
लामो समय देखि सामाजिक क्षेत्रमा रहेर जनतालाई रिजाएका कुर्मी हालै सम्पन्न स्थानीय तहको चुनावमा स्वतन्त्रबाट लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर उपप्रमुखमा समेत उम्मेद्धवारी दिएका थिए । चुनावबाट राम्रै मत ल्याएका कुर्मी भने कांग्रेस पार्टिमा प्रवेश भएसंगै शाह र फर्खुद्धिन खाँको बलियो पिल्लर बनेका छन् । विकासका पर्यवाची शाह र खाँ भएको दावि गर्दै आगामी चुनावमा भोटका लागी कुर्मीले अपिल समेत गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेद्धवारलाई आगामी चुनावमा विजय गराए संगै रुपन्देही क्षेत्र न.५मा विकासले काँचुली फेरिने र आम जनताका समस्या समाधान हुने विश्वास ब्यक्त कुर्मीले गरे । उनी भन्छन, हामी १५ हजार भन्दा बढि मतान्तरले जित्छौँ ।त्यसैले रुख चिन्हमा मतदान गरि भरत शाह र फर्खिुद्धिन खाँलाई विजयी बनाउँ ।
प्रतिक्रिया दिनुहोस्