मुख्य समाचार

निर्णय नसच्चाए अनिश्चितकालिन कार्यालय बन्द गर्ने देखि भौतिक आक्रमण हुने चेतावनी

सुरेश परियार,असोज २६ गते,

उम्मेद्धवारी खारेजीको विषयलाई लिएर रुपन्देही क्षेत्र न.२मा तनाव सिर्जना भएको छ । निर्वाचन आयोगले विधि सम्मत नगराई हचुवाको भरमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधी सभामा उम्मेद्धवारी दर्ता गराएका राजु गुरुङको उम्मेद्धवारी खारेज गरेको भन्दै नाराबाजी समेत गरेका छन् ।

सम्मानित अदालतको पत्रलाई समेत अवज्ञा गरि सेटिङमै उम्मेद्धवारीको खारेज गरेको सत्ता गठबन्धनका निकट भातृ संगठन तथा स्वतन्त्र युवाहरुको आरोप छ ।आज दिउँसो निर्वाचन क्षेत्र न.२को कार्यालय अगाडी नै सत्ता गठबन्धनका निकट भातृ संगठन तथा स्वतन्त्र युवाहरुले धर्ना समेत दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र मार्फत ध्यानाकार्षण गराउदैँ कानुन विपरित गरिएको निर्णयलाई तत्काल नसच्चाए अनिश्चितकालिन अधिकृतको कार्यालय बन्द गर्ने घोषणा र भौतिक क्षेती हुने चेतावनी दिदैँ सो घटनाको जिम्मा निर्वाचन आयोगले नै लिनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधी सभामा उम्मेद्धवारी दर्ता गराएका राजु गुरुङ र स्वतन्त्र उम्मेद्धवारी डा.कमल भुुषाललाई निर्वाचन अधिकृत कार्यालयले अयोग्य ठहर गर्दै गयराति ११ ः३० बजे उम्मेद्धवारी खारेज भएको जानकारी गराए संगै क्षेत्र न.२मा सत्तागठबन्धनले चर्को आन्दोलन सुरु गराएको छ ।

सम्बन्धित समाचार