श्री न.२ सैन्य तालिम केन्द्र सैनामैना,रुपन्देही व्यारेकमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमबाट ५४० जना सैनिक दीक्षित भएका छन् ।शुक्रबार सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको तालिम केन्द्रका केन्द्रपति प्रमुख सेनानी निखिल बहादुर चन्दले जानकारी दिए ।उत्कृष्ट नतिजा हाँसिल गर्ने सैन्य माधव प्रसाद श्रेष्ठ सर्वप्रथम भएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेम बहादुर पुनले राष्ट्र,जनता र सेनाप्रति बफादार रही सैनिक सेवामा समर्पित रहन सकल दर्जालाई निर्देशन दिए । उनले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए ।
‘राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुन्छ’, उनले भने, ‘दक्ष, तालिमप्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड हो । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि नेपाली सेना कटिबद्ध भएर अघि बढ्ने पुनले बताए ।
तालिम समापन समारोहमा जिल्लास्थित जनप्रतिनिधिहरू,सुरक्षा निकायका प्रमुख,दीक्षित सैनिक जवानका परिवारजन लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्