सुरेश परियार,भाद्र ३० गते । रुपन्देहीको मायादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले प्रंशसनीय कार्यको थालनी गरेका छन् ।यहि भाद्र २३ र २४ गते आन्दोलनबाट क्षेतिग्रस्त भएका सार्वजनिक सम्पतिको पुनःनिर्माणका लागी मायादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले केही दिनको तलब बापतको रकम छुट्टाएर प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप दाखिला गर्ने निर्णय भएको गाउँपालिकाका लेखाअधिकृत रामप्रसाद भट्टाराईले जानकारी दिएका छन् ।
भट्टाराईका अनुसार पालिकाका जनप्रतिनिधिको ३ दिनको तलब,कर्मचारी अन्र्तगत अधिकृतस्तरका कर्मचारीको २ दिनको तलब र सहायकस्तरका कर्मचारीको १ दिनको तलब राहत कोषमा जम्मा गरिदिने भएको हो । संकटको बेला सेवासुविधा नै कटौंती गरि राज्यको कोषमा जम्मा गर्ने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले देशभक्ति भाव देखाएका छन् । रुपन्देहीका १६ वटा पालिका मध्ये यो पालिकाको पहिलो प्रशंसनीय कार्य हो ।

गाउँपालिकाका अध्यक्ष धु्रवनारायाण चौधरीले आन्दोलनका क्रममा सहादत भएका सहिदहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदानहोस् भन्ने कामना व्यक्त गरेका छन्।साथै,आन्दोलनका क्रममा केही अराजक व्यक्तिहरुले सार्वजनिक सम्पत्तिको तोडफोड्,आग्जनी गरि क्षेति पुर्योएको प्रति निन्दा गर्दै यस्ता कुकार्यमा संलग्न जोकोहीलाई कानुनी कार्बाहीमा ल्याउन समेत जोडदार माग अध्यक्ष चौधरीले गरेका छन् ।क्षेतिग्रस्त सार्वजनिक सम्पत्तिको पुर्नस्थापना,घाईतेको उपचारमा मलम लगाउन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब बापतको केही रकम उद्धार एवं राहत स्वरुप उपलब्ध गराएको उल्लेख गर्दै विपद् र संकटको बेला एकाकार हुन सबैलाई अपिल ‘समेत गरे ।
रुपन्देही जिल्लाभर सरकारी अड्डा तथा व्यक्तिगत एवं निजि क्षेत्रमा आग्जनी र तोडफोड्बाट क्षेति भएको छ ।हाल सम्म के कत्ति क्षेत्ति भयो भन्ने डाटा सार्वजनिक भएको छैन् । सम्बन्धीत निकायले अनुगमन जारी राखेको छ ।


 
		
					
					 
			 
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया दिनुहोस्