SKIP THIS

Sarwajanik
मुख्य समाचार

सैनामैनाको आँधिखोलामा ७४ युनिट रगत संकलन

रुपन्देहीको सैनामैना नगरपालिका वडा न.६वैकुण्ठपुरमा आज भएको बृहत रक्तदान कार्यक्रममा ७४युनिट रगत संकलन भएको छ ।आँधिखोला वारियर्सको आयोजना तथा वैष्णेदेवि भजनकिर्तन समुह,वैकुण्ठपुर आमा समुह,स्वालम्ब आमा समुह,मलमला स्वास्थ्य सेवा आमा समुहको सहआयोजना,वैकुण्ठपुर टोल विकास संस्थाको संरक्षक तथा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा न.६का वडासदस्य तथा कार्यक्रमका प्रमुख अतिथि आशिष पोख्रेलले रक्तदान कार्यक्रम जिवनदान भएको बताएका छन् । पोख्रेलले रगतको अभावले कुनै पनि विरामीको अकाल्मै मृत्यु नहोस् भन्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको भन्दै आयोजक टिमलाई प्रशंसा संगै धन्यवाद प्रकट गरेका छन् । वैकुण्ठटोलबासीलाई रक्तसञ्चारबाट रगत सहज रुपमा उपलब्ध गराउन सहज हुने समेत कुरा दर्साउँदै आगामी दिनमा समेत यि यस्ता कार्यक्रमले निरन्तरता पाउने उल्लेख गरे ।

कार्यक्रममा वारियर्सका अध्यक्ष हेमन्त घिमिरेको अध्यक्षता,भुपराज बस्याल,धर्मागत बस्यालको विशिष्ट आतिथ्यता,रेडक्रसका डिल्लिराज जोशीको आतिथ्यता,जानकी काफ्लेको स्वागत तथा सचिब पवन भुषालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । टोलविकासका प्रमुख तथा प्रतिनिधी,राजनितिक दल,सुरक्षाकर्मी,पत्रकार,स्थानीयहरुको उपस्थिति रहेको थियो ।रक्तदान कार्यक्रम सन्चालन गर्न उत्प्रेरणा जगाउने कार्यमा सैनामैना नगरपालिकाको अगुवाइमा एव नेपाल रेडक्रस सोसाइटीबाट सन्चालित super परियोजनाले महत्वपुर्ण कार्य गर्दै आइरहेको छ।टोल टोलमा कार्यक्रम आयोजना गर्ने रेडक्रस र यसको सेवा लाई परिचित गराउने कार्यले अहिले नगरपालिकामा तिब्रता लियको छ।

सम्बन्धित समाचार