प्रदेश ५

कञ्चनका जनता भन्छन ‘द्रुत विकास र सेवाले सन्तुष्टि मिल्यो’

सुरेश परियार,मंसिर ८ गते ।रुपन्देहीको कञ्चन गाउँपालिकाले दिगो विकास र सेवाप्रवाहलाई मुख्य जग मानेर कार्य सम्पादन गर्दै अघि बढेको पाईएको छ ।जनताबाट अनुमोदित जनप्रतिनिधि र खरो प्रतिस्पर्धाबाट छनोट भएका कर्मचारीको असल अभ्यासले कञ्चनका जनताहरुले यतिबेला विकास र सेवामार्फत सन्तुष्टिको महशुस गरेका छन् ।

प्राय : स्थानीय तहहरुमा असारे विकास गरेको देखिन्छ तर केही वर्ष यतादेखि कञ्चन गाउँपालिकामा चालु आर्थिक वर्षको साउन देखि नै पुर्वाधार विकास र सामाजिक विकासको काम गरेको देखेर जनताले सिंहदरबारको अधिकार जनताको घरदैलोमा आएको आभास भएको कञ्चनका जनताको ठम्याई छ । केही पालिकामा योजनाका काम अझै सुरु भएको देखिदैन तर कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुले शत प्रतिशत योजना सम्झौता गरि कार्य आरम्भ भैसकेको पालिकाले जनाएको छ ।

यसो त जनताले सेवा र विकास उपभोग गरेबात कञ्चन गाउँपालिकालाई तिरेको कर असल तरिकाले सदुपयोग होस् भन्ने मुल्य र मान्यता अनुसार कञ्चनमा सुशासनको प्रत्याभुति हुने गरि काम भएको विभिन्न परिक्षणहरुले देखाएको छ ।वि.स २०७९ सालमाबाट निर्वाचित भएर आएका जनप्रतिनिधी र कर्मचारीको अथक प्रयासमा बेरुजुको भोलुमलाई शुन्य तर्फ झार्ने प्रयास भएको छ । विगदको महालेखापरिक्षकको लेखा परिक्षणले रुपन्देही जिल्लामै बेरुजु कम ल्याउने पालिका घोषित भएको छ ।लेखापरिक्षणको प्रतिवेदनबाट पनि जनताले आर्थिक सुशासन र दिगो विकासको अनुभुति गरेका छन् ।

गत आर्थिक वर्षमा पुंजीगत र चालुतर्फ समग्रमा ९० प्रतिशत भन्दा बढि खर्च भएको तथ्यांकहरुले उल्लेख गरेको छ । जनताको माग अनुसार पुर्वाधार विकास र सामाजिक विकास प्रति लगनशिल भएर गाउँपालिकाले पालिकाभर टोलटोलमै घुम्ती शिविर सञ्चालन गर्नाले पालिका सम्म सेवाग्राही धाउनुपर्ने बाध्यता टरेको छ । सुचनाको पहुँच र सार्वजनिक कार्यक्रमबारे थाहा पाउन सुचना अधिकारी,विभिन्न मिडिया र सञ्चार मिडियाको उपभोग गरि आम जनतामा भएगरेका कामबार प्रसारण र प्रकाशन गरिएको छ । गाउँपालिकाको कार्यविधि अनुरुप प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई मार्फत जनताप्रति जनप्रतिनिधि र कर्मचारी जवाफदेहिता बनेको र जनताबाट आएका प्रश्न,जिज्ञासा र गुनासाहरु सम्बोधन गर्ने गरि पालिका लागेको प्रष्ट देख्न सकिन्छ ।

समग्र गाउँपालिकाको विकास र सेवाप्रति जनताको धारणा कस्तो छ भनेर कञ्चनका जनतालाई सोधेका छौँ ।


दुर्गा रास्कोटी –कञ्चन निवासी :
कञ्चनको विकासले मुहार फेरिएको स्थानीय दुर्गा रास्कोटी मगरले बताएका छन् । आफुहरुले माग गरेका योजनाहरुलाई अक्षरांश कार्यान्वयन गर्न कञ्चन गाउँपालिका लागी परेको देख्दा बल्ल जनताको सारथी कञ्चन गाउँपालिका भएको ठोकुवा गरेका छन् । लामो समय देखि अलपत्र रहेको खेलमैदानलाई व्यवस्थित गर्न बजेट व्यवस्थापन र समन्वयकारी भुमिका खेलेको बताउँदै बेलाबेलामा अनुगमन गर्न जनप्रतिनिधि र कर्मचारी आइरहकेको जानकारी समेत गराए ।
चुरामणी पौडेल–कञ्चन निवासी :
हिलाम्मबाटहरु अहिले कालोपत्र र पिसिआर ढलान भएकोे चुरामणी पौडेलले बताएका छन् ।पहिलाका जनप्रतिनिधि भन्दा २०७९मा आएका जनप्रतिनिधि जनपक्षिय भएर काम गरेको तर्क दिँदै भौतिक र सामाजिक विकास प्रति आफु लगायत कञ्चनका जनताले विकासको सन्तुष्टि गरेको उल्लेख गरे ।


नवराज ढकाल,अध्यक्ष कञ्चन गाउँपालिकाका :
गाउँपालिकाका अध्यक्ष नवराज ढकालले व्यावसायिक र सृर्जनशिल प्रशासन,बिकास,समृद्धि र सुशासनको नारालाई आत्मसाथ गर्दै कर्मचारी जनमुखी भएर काम गर्नुपर्नेमा जोड्दिदै अघि बढेको बताए ।सेवाग्राहीको सहजता नै गाउँपालिकाको प्रमुख उदेश्य भएको भन्दै जनप्रतिनिधी कर्मचारी लागी परेको गाउँपालिकाका अध्यक्ष ढकालले जानकारी गराए । टाढाबाट वडा कार्यालय धाउनुपर्ने समस्या अन्त्य हुने भन्दै यो शिविर सञ्चालनमा ल्याईएको अध्यक्ष ढकालको ठम्याई रहेको छ । जनतालाई जर्नादन भएकाले जनपक्षिय र जनकेन्द्रीत विकासमा गाउँपालिका होमिने विश्वास समेत ढकालले गरे ।आफ्नो कार्यकालमा कञ्चनलाई नमुना पालिका बनाई छाड्ने दृढता व्यक्त ढकालले गरे ।

मौसमी थापामगर,उपाध्यक्ष कञ्चन गाउँपालिकाका  ः

कञ्चन गाउँपालिकामा भैरहेको विकासको अनुगमन तिव्र गतिमा भएको कञ्चन गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक मौसमी थापामगरले जानकारी दिईन् । न्यायिक समितिमा आएको मुद्धाहरुको निरुपण जितजितको माध्यमबाट भैरहेको बताउदै थापाले महिला,जेष्ठ नागरिक र बालबालिको क्षेत्रमा उत्तिकै प्राथमिकता दिएर विकास गरेको दावि गरिन् ।

सागर गौतम,प्रमुख प्रशासकीय अधिकृत कञ्चन गाउँपालिकाका  :

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जनताको मन जित्ने गरि कार्य सम्पादन गर्दै अघि बढेको र थप जनतामा मुस्कान छर्ने तर्फ केन्द्रीत भएको बताए ।प्रमुख प्रशासकीय अधिकृत गौतमले कर्मचारीहरूको उद्देश्य निर्वाचित जनप्रतिनिधिहरूका नीति र कार्यक्रमहरूलाई सर्वसुलभ तरिकाले जनताको माझमा पुर्याउनु कर्मचारीको दायित्व भएको बताए । बैशाख सम्म सम्पुर्ण योजना सक्ने गरि पालिकाले लागी परेको उल्लेख गरे ।

 सन्तोष गैरे,लेखा अधिकृत कञ्चन गाउँपालिकाका  :
अनुगमन संगै काम सम्पन्न हुनसाथ भुक्तानी तुरुन्त हुने कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जनाएका छन् । आर्थिक प्रशासनबाट जनतालाई छिटो छरितो तरिकाले सेवा प्रवाह गरेको भन्दै बेरुजुलाई शुन्यमा झार्न प्रयासरत रहेको कुरा दर्साए ।

सम्बन्धित समाचार