प्रहरी ईन्स्पेक्टर सुनारको खुबी : कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

सुरेश परियार,कात्तिक १२ गते ।कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १० वर्ष पछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा न.१० महुवापुरबाट फरार रहेका राम प्रसाद कोरीलाई शनिबार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले २० वर्ष कैद सजाय  तोकी फरार रहेका कोरीलाई प्रहरी नियन्त्रणमा लिईएको हो ।

प्रतिवादी कोरीले वि.स २०६९ साल चैत्र १० गते कपिलवस्तुको साविक महुवा गा.वि.स वडा न.४ बस्ने वर्ष २५की मान्ती कोरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए । हत्या गरि फरार रहेका कोरीलाई विशेष योजनाका साथ प्रहरी निरीक्षक सुनारले पक्राउ गरि कारागार पठाएको उल्लेख छ ।

प्रहरी निरीक्षक सुनार ईलाका प्रहरी कार्यालय गोरुसिंगको कार्यालय प्रमुखमा आए संगै आपराधिक गतिविधीलाई नियन्त्रणमा लिई कानुनी कठघारामा उभ्याउन तल्लिन भएको देखिन्छन् । समाजमा शान्ति,सुरक्षा र अमनचयन कायम गरि सुभ्य समाज निर्माणमा गोरुसिंगे प्रहरी लागेको देख्न सकिन्छ । असल काम गर्दै अघि बढेकाले प्रहरी निरीक्षक सुनार जिल्लाका एसपीको नजरमा स्यावासको पात्र बनेका छन्

सम्बन्धित समाचार