प्रदेश ५

रुपन्देहीमा सासुले गर्भे बुहारीको पेटमा लात्तो प्रहार,घाईतेलाई थप उपचारका लागी बुटवल लगियो

रुपन्देहीमा कान्छी सासुले गर्भे बुहारीको पेटमा लात्तो प्रहार गर्दा बुहारी घाईते भएकी छन् । सुद्धोधन गाउँपालिका वडा न.१ बेलवा निवासी अन्दाजी वर्ष २० की तारामती चौहानलाई घरकी कान्छी सासु मञ्जली चौहानले पेटमा लात्तो प्रहार गर्दा बुहारी घाईते भएकी हुन् ।

घाईते भएकी बुहारीको पेटमा २ महिने शिशु हुर्कीदै छ । पेटमा बढि भित्रि दुखाई र बिलिडिङ भएको घाईते परिवारले जनाएको छ ।घरायसी विषयलाई लिएर दाजुभाई झगडा गरेको बेला छुट्टाउन जाँदा एक्कासी सासुले आफ्नो पेटमा धेरै पटक लात्तो प्रहार गरेको घाईते भएकी गर्भे बुहारीले बताईन् ।घाईते तारामती चौहानलाई स्थानीय पुनम पोलिक्लिनिकबाट रिफर गरि थप उपचारका लागी बुटवल पठाईएको छ । पेटमा हुर्किदै गरेको शिशु र आमालाई थप समस्या हुन्छ कि भन्ने समस्या उत्पन्न भएको छ ।

आज साँझ ७ बजेको समयमा घरायसी विषयमा आफनै भाईले दाजु माथि फलामे रड प्रहार गर्दा दाजु सामान्य घाईते भएका छन् । दाजु भनिएका नरेन्द्र चौहानको निधारमा चोट लागेको छ भनिने भाई भनिएका ध्रुवचन्द्र चौहान(लोनिया) फरार भएका छन् ।

सम्बन्धित समाचार