मायादेवीको प्रमुख प्रशासकीय अधिकृतमा भेषराज पन्थ

सुरेश परियार,कात्तिक १ गते ।रुपन्देहीको मायादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा भेषराज पन्थ हाजिर भएका छन्।नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा लाई खटाएको छ ।नवआगन्तुक पन्थले बुधबारबाट गाउँपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ । विगत ६ वर्ष देखि देशका विभिन्न जिल्लामा रहिमा कुशलतापुर्वक आफनो जिम्मेवारी समाल्दै आएका पन्थ अन्तत् मायादेवि गाउँपालिकामा खटिएका छन् ।

सेवा आरम्भ गर्दै नवप्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।गाउँकार्यापालिका र मातहात रहेका कार्यालयबाट आमजनतालाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधी,विभिन्न राजनितिक दल,नागरिक समाज,क्लब र नगरबासीको साथ र सहयोगको समेत पन्थले अपेक्षा गरे ।नवप्रमुख प्रशासकीय अधिकृत पन्थले बिलम्ब नगरि जनतालाई सेवा प्रवाह गर्न मातहात कर्मचारीलाई निर्देशन दिएका छन् ।

एक कार्यक्रमका विच पालिकाका प्रमुख धु्रवनारायण चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थलाई स्वागत तथा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहि काम गर्दैै आएका सुरेश भण्डारीलाई बिदाई गरेका हुन् ।कार्यक्रममा पालिकाका प्रवक्ता चोक बहादुर थापाको स्वागत तथा प्रशासन शाखा प्रमुख पम्फा भट्टाराईको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख नारायण लामिछाने,लेखा अधिकृत राम प्रसाद भट्टाराईले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार