आगामी चुनाव सम्म कांग्रेस बाहेक अरु पार्टि लाखापाखा लाग्ने बताउँदै कांग्रेसले आगामी चुनाव जित्ने दाबी गरेका छन् । शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता आधारभुत कुरालाई कांग्रेसले प्राथमिकता दिनुपर्ने शाहले उल्लेख गरे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता भरत कुमार शाहले तरुण नै कांग्रेसको बलियो खम्बा भएको बताएका छन् । शाहले कांग्रेसलाई सहि गतिमा पुर्याउने अर्को एक आधार तरुण नै भएको ठोकुवा गर्दै यसलाई कांग्रेसले सहि तरिकाले परिचालन र हेरविचार गर्नु आजको आवश्यकता भएको कुरा दर्साए । पार्टिको केही आन्तरिक कारणले गर्दा अपेक्षा अनुसार कांग्रेस अघि नबढेको हुन सक्ने संज्ञा दिदैँ सार्वजनिक समितिका पुर्व सभापति समेत रहेका शाहले आन्तरिक सुधार र आत्मसमिक्षा गर्दै कांग्रेस अघि बढ्नुपर्ने बताए ।
देशमा जनमुखी भएका परिर्वतन कांग्रेसकै पहलमा भएको उद्घोष गर्दै स्थानीय तहमा सन्तोषजनक मतपरिणाम आएता पनि कमिकमजोरीका कारण पछिल्लो समय प्रदेश र केन्द्रमा भएको निर्वाचनमा मतपरिणाम भिन्न आएको स्वीकार गरेका छन् । केही असन्तुष्टि पक्ष होलान तर जनताको रोजाईको पार्टि कांग्रेस भएकाले दृढता समेत ब्यक्त गरे । कांग्रेस निकट भातृसंगठनलाई थप चलायमान गराउनुपर्नेमा जोड दिए ।आगामी चुनाव सम्म कांग्रेस बाहेक अरु पार्टि लाखापाखा लाग्ने बताउँदै कांग्रेसले आगामी चुनाव जित्ने दाबी गरेका छन् । शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता आधारभुत कुरालाई कांग्रेसले प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।
यस्तै,कार्यक्रममा नेपाली कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण्डले राजनितिक,शैक्षिक,पुर्वाधार तथा मानविय विकासमा तरुणको तदारुकता हुनुपर्ने बताए । तरुणलाई बलियो मनाउने सन्र्दभमा सिंगो पार्टिले नै साथ दिदैँ आएको तर्क गर्दै आफनो क्षे त्रमा दायित्व बहान गर्नुपर्ने बताए । सभापति खाँण्डले कांग्रेस राजनितिक,आर्थिक,सामाजिक,शिक्षामा आएको परिवर्तनको वाहाक भएको बताए । मुलुकमा जहाँनिय राणा शासनको अन्त्य देखि हाल सम्म आएको अथाह परिवर्तनको वाहाक कांग्रेस पार्टि भएको बताए । कार्यकर्ताहरुले चोक चोकमा बसेर कांग्रेसकै टिकाटिप्पणी भन्दा पनि आफनो दायित्व पुरा गर्न तर्फ अग्रसर हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्र बहादुर केसी तथा नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माले लोकतान्त्रिक पार्टि कांग्रेस भएको उल्लेख गरेका छन् । पार्टि भित्र आएका केही असन्तुष्टिलाई सुधार गर्दै जानुपर्ने उल्लेख गर ।
नेपाली कांग्रेस क्षेत्र न.२का क्षेत्रिय सचिब प्रजापाल गिरि रवि लामिछाने र डा.स्वर्णिम वाग्ले विरुद्ध खनिएका छन् । अवसरका लागी मात्र राजनिति गरेका यि दुई नेताले जनतालाई भ्रममा पारिरहेको आरोप लगाएका छन् ।पपुलिजम देशमा बढि हावी भईरहेको बताउदै ईमान्दार नेता पछि हट्नुपर्ने अवस्था आएको तर्क गिरिले दिए ।पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टाराई निकम्म भएको आरोप समेत लगाए ।देशलाई समस्याको जरजरमा फसाएर अहिले कांग्रेस संग सहारा लिन माओवादी आएको तर्क गरे । देशमा धेरै परिवर्तन कांग्रेसकै पालामा हँुदै आएको बताउदै कांग्रेस बाहेक जनताको सारथी कुनै पार्टि नभएको जिकिर गरे ।
कार्यक्रममा तरुण युवा परिचालन सैनामैना नगरसमितिका संयोजक प्रतिक श्रेष्ठले स्थानीय तहको चुनावमा एमालेको विरासीत ढलाउन सफल भएको बताए । सवैको अथक प्रयास र साथले मात्र तरुणलाई मुर्तरुप दिन सकिने बताउदै पार्टि भित्र गद्धार गर्नेलाई पार्टिले तुरुन्त कार्वाहि गर्नुपर्ने बताए ।सैनामैनालाई तरुणमय बनाउने योजना रहेको भन्दै तरुणमा युवाहरुको आर्कषण तिव्र रहेको प्रतिक श्रेष्ठले उल्लेख गरे ।
यस्तै,कार्यक्रममा स्थानीय तह तथा प्रदेश र संघिय चुनावमा कांग्रेसलाई अतुलनीय योग्दान गरेको भन्दै तरुण युवा परिचालन समितिका नगर संयोजक प्रतिक श्रेष्ठ,सैनामैना वडा न.१ देखि ११ सम्मका वडा संयोजकलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
सोही अवसरमा पत्रकारिता क्षेत्रबाट योग्दान पुर्याएको भन्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका सदस्य सुरेश परियार,साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरे,प्रबन्ध निर्देशक भुवन जि.सी,किस एफएमका प्रमुख कृष्ण भण्डारी,पत्रकार अनिता चौधरी लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।हालै सम्पन्न स्ववियु चुनावमा ने.वि.सको तर्फबाट निर्वाचत सहिद नारायण पोख्रेल क्याम्पसका स्ववियु समितिलाई समेत सम्मान गरिएको थियो ।
सैनामैना वडा न.८ स्थित सतचिन्तन भवनमा तरुण युवा परिचालन सैनामैना नगरसमितिद्धारा आयोजित नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा युवा तरुण प्रवेश रेग्मीको स्वागत तथा संञ्चालन सचिब कमल रानाले गरेका थिए । कार्यक्रममा विविध सास्कृतिक प्रस्तुती समेत भएको बताए । कार्यक्रममा ५ सय भन्दा बढि युवाहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्