सैनामैना उधोग वाणिज्य संघको निर्णय : सटर भाडा र बहाल कर घटाउने देखि चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने

सुरेश परियार,चैत्र १५ गते,

सैनामैना उधोग वाणिज्य संघको आज बसेको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । पछिल्लो समय उधोग,ब्यापारिहरु दोहोरो मर्कामा परेको भन्दै सटर भाडा,घरबहाल कर घटाउने देखि चर्को ब्याजदर विरुद्ध आन्दोलन चर्काउने निर्णय गरिएको हो ।

संघको सल्लाहाकार सहितको बैठकले प्रत्येक घरधनीले लिदै आएको सटर भाडामा कम्तिमा ६ महिनाका लागी ३० प्रतिशत छुट दिनुपर्ने,घरधनी स्वंयले नै घरबहाल कर तिर्नुपर्ने,सैनामैना नगरपालिकाले लिदैँ आएको ब्यवसाय करमा ३० प्रतिशत छुट गर्न र जरिवाना मिनाह गर्न नगरपालिका समक्ष माग गर्ने निर्णय गरिएको संघका महासचिब लोकनाथ अधिकारीले जानकारी दिए । देशब्यापी रुपमा देखा परेको आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थाबाट लिदै आएको चर्को ब्याजदरको विरोधमा सैनामैना उधोग वाणिज्यको नेतृत्वमा विरोध कार्यक्रम गर्ने निर्णय भएको छ ।

यस्तै,कृषि अनुदानको नाममा बेथिति भैईरहेको भन्दै उत्पादन क्षमताको आधारमा कृषि रासायनिक मल अनुदान ब्यवस्था गर्न राज्यले मिलाउने पर्ने निर्णय भएको हो ।कार्यक्रममा सल्लाहाकार रण बहादुर खनाल,चेतनारायण न्यौपाने,मान बहादुर महत,लाल बहादुर क्षेत्री,संघका पुर्व अध्यक्ष राज बहादुर क्षेत्री,सैनामैना ब्यापार संघका पुर्वअध्यक्ष दुर्गा गौतम,सैनामैना उधोग ब्यापार संगठनका अध्यक्ष राजेन्द्र घिमिरे,सैनामैना होटल तथा रेष्टुरेण्ड ब्यवसायी संघका अध्यक्ष झविन्द्र पोख्रेल लगायतले बोलेका थिए ।बैठक संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार