इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध गाँजा बरामद गरेको छ । रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा न.२बाट २० के.जी अवैध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । लुकाईछिपाई राखि अवैध कारोबार गरिरहेको अवस्थामा विशेष सुराकी मार्फत ठुलो मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुद्धोधन वडा न.२ बस्ने वर्ष ३७का रामकेश मल्लाहा,वर्ष ३९का मगरु मल्लाहा रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।पछिल्लो समय अवैध लागुऔषध ओसारपोसार,प्रयोगलाई निरुसाहित बनाउन विशेष योजनाका साथ अघि बढेको प्रहरी निरिक्षक लामिछानेको भनाई छ ।
लामिछानेले विगतमा अपरहणमा परेका बालबालिकालाई उद्धार देखि अवैध हुने गतिविधीलाई नियन्त्रणमा लिदै आएका छन् भने आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति दिने गरि काम गरेका छन्।नेपालमा मुद्धा दर्ता भएको तथ्याकीय हिसाबले लागुऔषध प्रयोग गर्ने कुल जनसंख्याको ७ देखि ८ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्