रुपन्देहीको सैनामैना नगरपालिकामा सार्बजनिक विदा दिने निर्णय गरिएको छ । कार्यपालिकाको निर्णय अनुसार ४१ औं रास्ट्रिय मगर एकता दिवसको अवसर पारेर सैनामैना नगरले स्थानिय विदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारि दिए ।
भोलि अर्थात फाल्गुन १५ गते नगरपालिकाको मुख्य कार्यालय,वडा कार्यालय,मातहत शाखा र शैक्षिक संस्थाहरु बन्द रहने सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको हस्ताक्षरित सुचना पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्