सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु,नगर प्रमुख शर्मा भन्छन् खेलमा विधार्थीलाई प्रोत्साहन गरौँ

रुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वस्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने उदेश्य सहित छैठौँ संस्करणका रुपमा राष्ट्रपति रनिङ्ख शिल्ड प्रतियोगिता फाल्गुन ५ गतेबाट सुरु भएको हो । फाल्गुन ८ गते सम्म चल्ने राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सरकारी र संस्थागत गरि ३२ वटा विद्यालयको सहभागिता रहेको छ ।

४ दिन सम्म चल्ने सो प्रतियोगितामा छात्र तथा छात्रा तर्फ भलिबल,दौड,कबड्डी,तेक्वान्डो,एथ्लेक्टीक लगायतका विभिन्न विधाका प्रतियोगिता हुने नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिए । प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेलाई समापन सत्रमा पुरस्कृत गरिने जनाइएको छ ।

कार्यक्रमलाई उद्धघाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले खेल क्षेत्रको श्रवृद्धिमा सधैब पालिका प्रतिबद्ध हुने बताएका छन् । विधार्थीहरुको सर्वाङ्घिण विकासका लागी खेलकुद क्षेत्र पनि अपरिहार्य रहेको बताउँदै मेधावी विधार्थी उत्पादनमा लागी रहने बताए । आगामी दिनमा समेत खेलकुद क्षेत्रको विकासमा बजेट ब्यवस्थापन गरिने जाने मेयर शर्माले बताए ।

सैनामैना नगरपालिकाका उपमेयर विना रानाले खेलकुदकै माध्यमबाट देशको नाम रोशन गर्न सकिने विश्वास दिलाइएकी छन् । शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि संगै पुर्वाधारमा चासोको साथ हेरिएको उपमेयर रानाले बताईन् । पछिल्लो समय बालबालिकालाई सामाजिक संञ्जाल लगायत नेटका कारण अध्ययनमा ध्यान केन्द्रीत नभएको कुरा औँल्याउदै अभिभावकले आफनो छोराछोरीलाई बढि हेरचाह गनुपर्ने बताईन् ।

सैनामैना नगरपालिकाका पुर्व मेयर चित्र बहादुर कार्कीले विधार्थी सधैव अनुशासित र मर्यादित हुनुपर्ने बताएका छन् । विधार्थीहरुलाई पठनपठान संगै अतिरिक्त क्रियाकलापमा समेत सहभागिता गराउनुपर्नेमा जोड कार्कीले दिएका छन् ।

विधार्थीहरुलाई खेल प्रति प्रोत्साहन गरि सक्षम खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरिएको सैनामैना खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले बताएका छन् । सैनामैनालाई खेलकुदको हवको रुपमा विकास गर्ने योजना रहेको बताउदैँ श्रेष्ठले आगामी दिनमा विभिन्न विधाका खेलहरुमा विधार्थी तथा स्थानीय खेलाडीहरुलाई सहभागिता गराईने बताए ।

सैनामैना वडा न.७,देउवापारस्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा सो प्रतियोगिता संञ्चालन भएको छ ।

सम्बन्धित समाचार