रहर भन्दा पनि बाध्यताले नेपालीहरु श्रमका लागी विदेश धाई रहेका छन् । दैनिक १५ सय भन्दा बढि युवाहरु विदेश पलायन हुन्छन्् । देशको अर्थतन्त्र खस्कीदो र रोजगारको अवसर प्रशस्त नहुदाँ विदेश जान विवश नेपाली छन् ।सपना बोकेर विदेश हिड्न लागेका र विदेश पुगेका युवाहरु धेरै ठगि तथा अलपत्रको सिकार बनेका छन् ।तर,यो समस्यामा नेपाली जनशक्ति नपरुन भन्ने उदेश्यले लुम्बिनी साँस्कृतिक नगरपालिकाले सचेतना जगाउने कार्यक्रमलाई प्रोत्साहन गरेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१को आर्थिक सहयोग तथा महिला सशक्तिकरण अभियान नेपालको आयोजनामा आजदेखि वैदेशिक रोजगार सम्बन्धी युवाहरुलाई ४ दिने सचेतनामुलक कार्यक्रम दिन सुरु गरिएको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले युवाहरुको हितमा नगरले काम गर्दै आएको बताएका छन् ।पछिल्लो समय वैदेशिक रोजगारको नाममा धेरै युवाहरु ठगिएको,अलपत्र परेको र उपयुक्त काम नपाएको गुनासो चरम रुपमा सुनिएको समस्या दर्साउँदै मेयर मुसलमानले यो जटिल समस्यामा कुनै पनि युवा नपरोस भन्ने उदेश्यले यो कार्यक्रम संञ्चालन गरिएको बताए ।
कुनै पनि युवा विदेश जान चाहना गरे ति युवाहरुले सिप सिकेर मात्र जान आग्रह गरे ।खासमा देशलाई चाहिने जनशक्ति स्वदेशमै आत्मनिर्भर बन्नुपर्नेमा नगरप्रमुखमा जोड रहेको थियो भने यि कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउने कुरा औँल्याए ।
यस्तै,कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले मुलुकमा रोजगारीका अवसर नहुनाले युवाहरु विदेशमा श्रम बेच्न बाध्य रहेको बताए ।धेरै युवाहरु विदेशमा अलपत्र परेको र ठगिएको समाचार सुन्न आईरहेको जानकारी दिदैँ अव बुझेर मात्र यात्रा गर्न आग्रह गरे । साथै,उनले स्वदेशमै आत्मनिर्भर हुन आग्रह समेत गरे । प्रशासकीय अधिकृत पाण्डेले विगद देखि नै युवा लक्षित कार्यक्रमले तिव्रता पाएको भन्दै मुख्यमन्त्री रोजगार तथा स्वरोजगार कार्यक्रमले पनि निरन्तरता पाईरहेको बताए ।

खुनगाईमा आजदेखि सुरु भएको सो कार्यक्रममा ५० जना युवाहरुको उपस्थिती रहेको छ भने कार्यक्रमको सहजीकरण प्रशिक्षक सन्दीप गुप्ताले गरेका थिए । महिला सशक्तिकरण अभियान नेपालका अध्यक्ष गणेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका वडा सदस्यहरु,नगरपालिकाका समन्वय अधिकृत तुल्सीराम लामिछाने,नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिकाका सचिब राजन उपाध्यायको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संञ्चालन सन्दिप गुप्ताले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तब्य सोनम गुप्ताको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्