सुरेश परियार,माघ १८ गते,
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले आफनो जन्मदिन फरक तरिकाले मनाएका छन् । शैक्षिक क्षेत्रको श्रृबृद्धिमा सधै कटिबद्ध हुने मेयर शर्माले आफनो जन्मोत्सव अति विपन्न दुई विधार्थीहरुलाई विद्यालय नै पुगेर शैक्षिक सामाग्री प्रदान गरि मनाएका हुन् ।सैनामैना वडा न.५मा रहेको मलमलादेवी माध्यमिक विद्यालयका अति विपन्न परिवारका दुई विधार्थीहरु कक्षा १०मा पढ्ने सिर्जना जैशी र कक्षा ९मा अध्ययनरत विपिन पोख्रेललाई कापी र कलम प्रदान गरिएको हो ।
सो कार्यक्रममा धन्यवाद तथा आभार ब्यक्त गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा गरिएको सहयोगले मानवियता प्रकट हुने बताएका छन् । आफुले गरेको सानो सहयोगले यि दुई मेधावी विधार्थीहरुको भविष्य उज्ज्वल हुने विश्वास ब्यक्त गरे ।पछिल्लो समय जन्मोत्सवमा बढि रकम खर्च गरेर केक काट्ने र पार्टी गर्ने प्रचलन तिव्र रुपमा विकसित हुदै गएको बताउँदै मेयर शर्माले यसो नगरि सामाजिक भावनाको विकास हुने कुरामा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्