समपुर्ण युवा क्लबमा नयाँ नेतृत्व,अध्यक्षमा अविर पुन

रुपन्देहीको तिलोत्तमा वडा न.१४मा रहेको समपुर्ण युवा क्लब,सुपौलीमा नयाँ नेतृत्व आएको छ । क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले अविर पुन पाईजाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति बनेको सहसचिब रवि अर्यालले जानकारी दिए ।

नवसमितिको उपाध्यक्षमा नारायणी बोहोरा पुन,सचिबमा पवित्रा ज्ञवाली,सहसचिबमा रवि अर्याल,कोषाध्यक्षमा विजय थापा र सदस्यहरुमा शिव चौधरी,राजु थारु,टिका बुढाथोकी र हेम पुन रहेका छन् ।क्बलको सभाहलमा भएको कार्यक्रम क्लब अध्यक्ष झविलाल थापाको अध्यक्षता,तिलोत्तमा नगरपालिका वडा न.१४का वडाअध्यक्ष अस्बिन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहसचिब सुनिल थापाको संञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार