रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लबले जाडो भगाउन टोलटोलमा निशुल्क दाउरा वितरण गरेको छ । अधिकतम जाडो बढे संगै चिसो कम गर्न राहात स्वरुप दाउरा वितरण गरिएको क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिए ।
सैनामैना वडा न.६मा पर्ने ३ मिटर हाईवेय,वडा कार्यालय,मन्दिर,हेल्थ पोष्ट लगायत ठाउँमा वितरण गरिएको युवा बिक्कि छहारी मगरले जानकारी दिए ।
चिसोका कारण कुनै पनि मानविय घटना नघटोेस भन्ने उदेश्यले आज निशुल्क दाउरा वितरण गरेको क्लबका सचिब तथा कार्यक्रम संयोजक पदम पाण्डेले बताए । सामाजिक संगै खेलकुद क्षेत्रमा क्लबले प्रशसनीय कार्य गर्दै अघि बढेको भन्दै सचिब पाण्डेले आगामी दिनमा उदारणीय कार्यले निरन्तरता पाउने जिकिर समेत ब्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्