दृष्टिविहिनको अभिभावक सैनामैना हो : मेयर शर्मा

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले नगर दृष्टिविहिनहरुको अभिभावक बन्न तयार भएको बताएका छन् ।शारीरिक रुपमा अशक्त तथा बेसाहराको सारथी बन्न नगर तयार भएको औँल्याउदै मेयर शर्माले ति ब्यक्तिहरुका लागी आयमुलक कार्यक्रम संञ्चालन गर्नुपर्ने बताए । शारीरिक रुपमा असक्त भएका अंपाग ब्यक्तिहरुको हकअधिकार सुनिश्चित गरि समतामुलक समाज निर्माणमा समेत टेवा दिन नगर प्रतिबद्ध रहेको कुरा उल्लेख गरे ।

नगरभित्र रहेका दृष्टिविहिनहरु विच सेतो छडि वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शर्माले अपांगताहरु बढि हिंसामा पर्ने र समाजमा पनि उनीहरु अमानविय ब्यवहार गरेको भन्दै यसो नगर्न आग्रह गरेका छन् ।आगामी दिनमा समेत विभिन्न कार्यक्रमले निरन्तरता पाउने बताए ।

सैनामैना नगरउप्रमुख विना रानाले समाजमा अंपागहरुलाई सपांग सरह ब्यवहार गर्नुपर्ने दायित्व सवैमा हुनुपर्नेमा जोड दिईन् ।नगर भित्र रहेका चारवटा अपांग समुहलाई आबद्धता गराई विभिन्न क्षमता विकास सम्बन्धी कार्यक्रम गर्दै आएको बताउदै अपांगताहरुको सेवासुविधालाई चुस्त दुरुस्त बनाउन नगर प्रतिबद्ध रहेको उपप्रमुख रानाको भनाई छ ।

सैनामैना नगरपालिका तथा ईन्द्र ग्रामिण विकास केन्द्र नेपालको संयुक्त आयोजना तथा फियर मेडको सहयोगमा भएको कार्यक्रममा ३० जना दृष्टिविहिनहरुलाई सेतो छडि वितरण गरिएको महिला तथा बालबालिका शाखा अधिकृत तुल्सा ज्ञवालीले जानकारी दिईन् । छडि पाएसंग दृष्टिविहिनहरुले खुशी ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार