भि.आई.ए विधिबाट महिलाको पाठघरको मुखको क्यान्सर स्क्रिनिंग सम्बन्धी तालिम दिने पहिलो पालिका सैनामैना नगरपालिका भएको छ ।महिलाहरुको समस्याको रुपमा रहेको पाठेघर मुखको क्यान्सरलाई भि.आई.ए विधिबाट नियमित स्क्रिनिंग गरि यो समस्यालाई कम गर्न तालिमको औचित्व रहेको बताईएको छ ।सैनामैना नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको तिन दिने तालिममा सैनामैनाका स्वास्थ्य शाखाका नर्सिङ्ग कर्मचारीका विच तालिम गरिएको स्वास्थ्य शाखा हेमराज पन्थीले जानकारी दिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले समयमै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गर्न सके आर्थिक भार कम हुने संगै स्वास्थ्य अवस्था सुधार हुने बताए ।यो समस्या लिएर यस क्षेत्रका महिलाहरु भि.आई.ए विधिबाट चेकजाँच गर्न टाढा टाढा जानु पर्ने बाध्यता हट्ने र चाहेको समयमा महिलाहरुले जाँच गराउन सकिने समेत मेयर शर्माले विश्वास लिए ।
मेयर शर्माले यो सुविधा सैनामैनाका.१० बटै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह चाँडै नै गरिने बताउँदै मेयर शर्माले यसरी नियमित रुपमा दिने सेवाले धेरै सेवाग्राही लाभान्वित हुने जिकिेर गरे । यो कार्यक्रम १६ वटा पालिका मध्ये सैनामैनामा पहिलो पटक आफनै पहलमा गरिएको हो ।
तालिममा स्त्रीरोग विशेषज्ञ तथा गाइनो डाईलोजिष्ट डा.शरिता घिमिरे र डा.परमेश्वर श्रवणले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा,जनस्वास्थ्य अधिकृत ईश्वरी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्