मुख्य समाचार

सत्ता गठबन्धन रुपन्देही २को दाबी : चुनाव जितिसकेका छौँ,मतगणना हुन बाँकी छ

सुरेश परियार,कात्तिक २ गते,

सत्ता गठबन्धनले रुपन्देही क्षेत्र न.२मा चुनाव जितिसकेको कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन् । निर्वाचन परिचालन समिति रुपन्देही क्षेत्र न.२ले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धन प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताले क्षेत्र न.२मा प्रतिनिधि तथा प्रदेश सभामा चुनाव जितिसकेको र मत मात्र गणना हुन बाँकी रहेको दाबी गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य तिलक वि.क(राजेश)ले सविधान रक्षाका लागी गठबन्धन गर्नुपरेको बताएका छन् । उनले आर्थिक विकास र समृद्धि र स्थिरताका लागी अब गठबन्धन नेतृत्व जरुरी रहेको भन्दै बहुमतका साथ विजय हुनेमा विश्वासत भएको तर्क गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बाम लोकतान्त्रिक गठबन्धनका लुम्बिनी प्रदेश सभा (क)का उम्मेद्धवार दिर्घ बहादुर के.सीले जनता नै देशका जर्नादन भएको बताएका छन् ।आगामी निर्वाचनमा जनताको मर्म र भावना बुझि देश विकासमा तल्लीन हुने प्रतिनिधि खोजिरहेको बताउँदै नयाँ सोच र एजेण्डा लिएर जनतामाझ आएको प्रदेश सभा सदस्यका उम्मेद्धवार केसीले उल्लेख गरे । उम्मेद्धवार केसीले बुटवल लगायत यस क्षेत्र संग जोेडिएका पालिकालाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने भन्दै अमुल्य मत प्रदान गर्न समेत आग्रह गरे ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका लुम्बिनी प्रदेश सभा (ख)का उम्मेद्धवार बामदेव क्षेत्रीले विगत देखि यस क्षेत्रमा जितेका जनप्रतिनिधिले जनतालाई झुक्याएर सत्तामा रझाई गरेको आरोप लगाएका छन् । उम्मेद्धवार क्षेत्रीले एमालेका नेता विष्णु पौडेलले जनतालाई झुक्काएर आफु अर्थमन्त्री बन्नका लागी बुटवलको राजधानी दाङ पुर्योएको बताए ।आफु जितेसकेपछि रुपन्देही क्षेत्र न.२लाई सुचना केन्द्र र स्मार्ट सिटिको रुपमा विकास गर्ने प्रढ गरेका छन् । आमजनताको स्वास्थ्यलाई मध्येनजर गरेर जिवन विमा गरिदिने समेत क्षेत्रीले प्रतिबद्दता ब्यक्त गरे ।

यस्तै,कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य चित्र बहादुुर केसीले सबैको अथक प्रयासले मात्र मतपरिणाम आफनो पोल्टामा पार्न सकिने बताएका छन् । ब्यक्ति विशेष र असल विचार सहित जनमुखी एजेण्डा जनताको दैलोमा लैजान सवै उम्मेद्धवारलाई आग्रह गर्दै चुनावी प्रचारमा लाग्न बाम लोकतान्त्रिक गठबन्धनकालाई केसीले आग्रह गरे ।

निर्वाचन परिचालन समिति रुपन्देही क्षेत्र न.२ अन्र्तगत सैनामैनाका संयोजक तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्र बहादुर केसीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य तिलक वि.क(राजेश)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सैनामैनाको बाबरी पार्टि प्यालेसमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैना नगरका सचिब दिपक भण्डारीको सञ्चालनमा सम्पन्न भएको वाईसिएल सैनामैना ईन्चार्ज तथा प्रदेश सदस्य गोविन्द खरेलले जानकारी दिए ।

 

सम्बन्धित समाचार