आगामी चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन भित्रि घेरोमा नेपाल प्रहरी सहित म्यादी प्रहरी खटिने रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । चुनावलाई लक्षित गरि रुपन्देही भरि नेपाल प्रहरी करिब १९ सय र म्यादी प्रहरी ३ हजार ९५ जना परिचालन हुने एसपी रेग्मीको भनाई छ ।
सुरेश परियार,असोज २७ गते,
देशभरि चुनावी सरगर्मी तिव्र छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभाको चुनावका लागी रुपन्देही प्रहरीले विशेष रणनिति बनाएको छ । चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न बाक्लो उपस्थितिमा शिविल गस्ती सहित प्रहरी नै परिचालन गरिएको हो ।
आगामी चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन भित्रि घेरामा नेपाल प्रहरी सहित म्यादी प्रहरी खटिने रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । चुनावलाई लक्षित गरि रुपन्देही भरि नेपाल प्रहरी करिब १९ सय र म्यादी प्रहरी ३ हजार ९५ जना परिचालन हुने एसपी रेग्मीको भनाई छ ।
रुपन्देहीमा ५ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाँकी नराखी प्रहरी परिचालित हुने बताउदै एसपी रेग्मीले कुनै समस्या भए तुरुन्त खवर गर्न समेत अपिल गरेका छन् ।।साथै,सशस्त्र प्रहरी,नेपाल आर्मी समेत खटिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्