चुनाबका लागी आयोगले थाल्यो तयारी,रुपन्देही क्षेत्र न.५मा निर्वाचन अधिकृत कार्यालय स्थापना

सुरेश परियार,असोज १६ गते,

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागी चुनावको मिति घोषणा गरे संगै चुनावी सरगर्मी देशभर बढेको पाईन्छ ।चुनावले लिएर निर्वाचन आयोग रुपन्देहीले तयारी थालेको छ ।आयोगले रुपन्देही क्षेत्र न.५मा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक हिरा बोहोराले जानकारी दिए ।

शनिबार रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.३ मंगलपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,मुख्य निर्वाचन अधिकृत,प्रमुख जिल्ला अधिकारी,गैडहवा गाउँपालिका अध्यक्ष,प्रहरी उपरिक्षक,सशस्त्र उपरिक्षक,राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख लगायतको उपस्थिति रहेको थियो ।निर्वाचन अधिकृतको रुपमा चिन्तामणी शर्मा रहने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार