सामाजिक सेवामा सक्रिय हुदैँ लायन्स क्लब अफ सैनामैना बोलबम,अपांगताहरुलाई शैक्षिक सामाग्री प्रदान

सुरेश परियार,भाद्र २५ गते,
लायन्स क्लब अफ सैनामैना बोलबम सामाजिक सेवामा सक्रिय हुदैँ गएको पाइएको छ । जब क्लबको नेृतत्वमा शुशिला शर्मा आउनुभयो तव देखि सामाजिक कामले तिव्र रुपमा फड्को मारेको सजिलै अनुमान लगाउन सकिन्छ ।लायन्स क्लब अफ सैनामैना बोलबम शुक्रबार शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको आफ्नो असोज महिनाको नियमित कार्यक्रम अन्तरगत सैनामैना वडा न.८ रामापुर स्थित बौद्धिक अपाङ्गता सेवा केन्द्रमा रहेका २० जना विधार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रिजन चेयर पर्सन गुनाखर भण्डारीले क्लबको खुलेर प्रंशसा गर्दै आगामी कार्यक्रम पनि क्लबले यसप्रकारका काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सोही अवसरमा क्लब अध्यक्ष सुशीला शर्माले क्लबले प्रत्येक महिना आफ्नो बार्षिक कार्ययोजना अनुरुप नियमित समाज सेवाका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको बताउदै क्लबको सिग्नेचर कार्यक्रम ’लायन्स ग्र्याण्ड प्रोजेक्ट अन्तर्गतको “डिफेक्टेड आइ ट्रीट्मेण्ट क्याम्प “ सन्चालन गरि आवस्यकलाई निशुल्क चस्मा वितरण कार्यक्रम सन्चालन गरिसकेको समेत बताउनुभयो। सामाजिक क्षेत्रमा क्लबले निरन्तर काम गर्दै जाने तर्क शर्माले गर्नुभयो ।

कार्यक्रममा बोल्दै बौद्धिक अपांगता सेवा केन्द्रका ब्यबस्थापन समिति सदस्य हरि उप्रेतीले क्लबले गरेको शैक्षिक सहयोगको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । विद्यार्थीहरुलाई पठनपाठनमा थप उर्जा मिलेको र यस्ता खालका कार्यक्रमले क्लबलाई स्थानिय जनजिवनमा जोडिन समेत सहयोग पुर्याउने बताउनुभयो।

कार्यक्रममा चार्टर प्रेसिडेन्ट हरि पोख्रेलले शुभकामना मन्तव्य र आइ पि पि जे.बि क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।क्लबका सचिब राधा सिञ्जालीको सन्चालन रहेको उक्त कार्यक्रमको संयोजन जुनुमाया पुन तथा नारायण पौडेलले संयुक्त रुपमा गर्नुभएको थियो।

 

सम्बन्धित समाचार