सैनामैना तिज महोत्सवमा भोली निःशुल्क डेँगु टेस्ट गरिने

सुरेश परियार,भाद्र ९ गते,

सैनामैना तिज महोत्सवमा निःशुल्क डेँगु रोग ल्याब टेस्ट गरिने भएको छ । दुधराक्ष युवा क्लब तथा उमंग म्युजिक प्रालिको आयोजनामा भइरहेको सैनामैना तिज महोत्सवमा भोली अर्थात भाद्र १० गते डेँगु रोग ल्याब टेस्ट हुने क्लबका सचिब पदम पाण्डेले जानकारी दिए ।

बिहान ८ बजे देखि महोत्सव परिसरमा हुने ल्याब टेस्टमा प्राविधीक सहयोग चौराह हस्पिटल प्रा.लीले गर्नेछ ।पछिल्लो समय डेँगु रोग फैलिरहेको भन्दै निशुल्क ल्याब टेस्ट गरि लाभ लिन सवैलाई क्लबका सचिब पाण्डेले आग्रह गरे । महोत्सवमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन हुदैँ आएको छ ।

सम्बन्धित समाचार