मुक्तिनाथ विकास बैंकको साक्षरता कार्यक्रम : वित्तीय संगै सामाजिक उत्तरदायित्व बहन गर्दै

सुरेश परियार,भाद्र ८ गते,

मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा बैंकिङ केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।सोही विषयलाई लिएर मुक्तिनाथ विकास बैंक कलौनी शाखाको आयोजना तथा मुक्तिनाथ फाण्डेशनको संयोजनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भएको शाखा प्रमुख सतिशचन्द्र मरासिनीले जानकारी दिए ।

कार्यक्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता,कृषि संग मुक्तिनाथ बैँक,उधमशिलता लगायत बैंकिङ क्षेत्रका विविध आयाम र सामाजिक उत्तरदायित्वबारे जानकारी गराइएको थियो। यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य लिएको बैंकले जनाएको छ। जनप्रतिनिधी,विभिन्न संंघसस्थाको प्रमुख तथा प्रतिनिधी,बैँकका ऋहण कर्ता,बचत कर्ता लगायत स्थानीयहरुको उपस्थितिमा कार्यक्रम भएको हो । वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण पवन ज्ञवालीले गरेका थिए ।

कार्यक्रम केन्द्र प्रमुख गोमा खत्रीको अध्यक्षता,सैनामैना वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख सतिशचन्द्र मरासिनीको स्वागत तथा कर्मचारी उमा बस्यालको संञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार